गुल्मीमा एम्बुलेन्स दुर्घटना

४ मंसिर÷ गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । गुल्मीको मालिका गाउँपालिका ६ अर्जेबाट मालिका गाउँपालिका ५ छाप जाँदै गरेको लु. १ झ ३३४ नम्बरको एम्बुलेन्स अर्जेमा दुर्घटना भएको मालिका गाउँपालिका ५ का वडा अध्यक्ष शोभाखर गिरिले जानकारी दिनु भएको छ ।

एम्बुलेन्स दुर्घटनामा मालिका गाउँपालिका ५ छापका जगत परियार र केशब अर्याल घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेले जानकारी जानकारी दिन’भएको छ । घाइते भएका दुबै बिध्यार्थी भएको बताइएको छ । घाइते मध्ये जगत परिवारको अवस्था गम्भीर रहेकाले पाल्पाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । अर्का घाइते अर्यालको गुल्मी अस्पतालमा उपचार भैरहेको छ । एम्बुलेन्स चालक तुल्सीराम भण्डारी भने घटना स्थल बाटनै फरार रहेका छन । उनलाइ प्रहरीले खोजिरहेको बताइएको छ ।

यो पनि पढौँ÷मन्त्री पदबाट बिदा पाउनेमा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव पाँच दिनदेखि वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । मेरुदण्डको समस्याले हिँडडुल गर्नै नसक्ने भएपछि राज्यमन्त्री वीर अस्पतालको भीआईपी कक्षमा उपचाररत हुनुहुन्छ । स्वास्थ्य राज्यमन्त्रीमा सुर्खेत २ बाट तत्कालीन नेकपा एमालेबाट विजयी नवराज रावतलाई ल्याइएको छ ।

उहाँलाई नशा रोग विशेषज्ञ राजीव झाको टोलीले उपचार गरिरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि पहिलो पटक नर्भिक अस्पतालमा भर्ना भए पनि त्यहाँ लामो समय कुर्नु पर्ने भएकाले राज्यमन्त्री यादव वीर अस्पताल पुग्नु भएको थियो । मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी भए पनि उहाँलाई बर्खास्त हुन्छु भन्ने थाहा थिएन । समाजवादी पार्टी सरकारमै बसेर संघर्ष गर्ने बताइरहेको थियो । तत्कालीन संघीय समाजवादी फोरमको सिफारिसमा स्वास्थ्य राज्यमन्त्री बन्नु भएका डाक्टर यादव पेशाले चिकित्सक हुनुहुन्छ । उहाँले बेला–बेला देशका विभिन्न भागमा गएर सर्वसाधारणको स्वास्थ्य चेक पनि गर्नु भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.