बगनासकाली गाउपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा,

बगनासकाली गाउपालिका पाँच नं प्रदेश को तेस्रो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको छ ।शुन्य होमडेलीभरीको निश्चित मापदण्ड पुरा गरेको गाउँपालिकाले प्रदेश पाँचकै तेस्रो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । जिल्ला स्वास्थ्य कार्यालयको अनुगमन तथा निरीक्षण, गाउँपालिकाले पेश गरेको तथ्याड्ढहरुको पूर्ण रुपमा चेकजाँच गरी गाउँपालिकालाईं प्रदेश पाँचकै तेस्रो संस्थागत सुत्केरी गराउने गाउँपालिकाको रुपमा मान्यता पाएको हो ।

संस्थागत सुत्केरीका लागि सचेतना मूलक तथा प्रोत्साहनका कार्यक्रम गरी ९ वटै वडा पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गर्दै गाउँपालिकालाई शुन्य होमडेलीभरी गाउँपालिकाको रुपमा स्थापित गरेको छ ।
गाउँपालिकामा ९ वटा स्वास्थ्य चौकी, १ सामुदायिक स्वास्थ्य ईकाइ, २७ वटा खोपकेन्द्र र २९ वटा गाउँघर किल्निक रहेका छन् ।

देशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा जुटेको गाउँपालिकालाई शून्य होमडेलीभरी घोषणाले महत्वपूर्ण सूचकका रुपमा टेवा पुग्ने सम्बन्धित स्वास्थ्यकर्मीहरुले विश्वास व्यक्त गरेका छन् यसअघि पाल्पा जिल्लाका पूर्वखोला र रम्भा गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भइसकेका छन् ।प्रत्येक गाउपालिकाले यसै गरी आ आपना गाउठाउलाई बगनासकाली गाउपालिकाले जस्तै रामा्र रामा्र कुराहरु आत्मसात गर्न सकेको खण्डमा पक्कै पनि हामी नेपालीहरु पछाडी पर्नुपर्ने सिर्जना अवश्यनै अन्त्य हुनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.