बेवारिसे मानव कंकाल फेला

तिनाउ गाउँपालिका–३, भूतखोला नजिकै जंगलमा वेवारिसे मानव कंकाल भेटिएको छ । भूतखोला नजिकैको जंगलमा नचिनेको मानिसको कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृश्ण सापकोटाले जानकारी दिएका छन । उक्त कंकाल कस्को हो भन्ने बिषयमा अनुसन्धान भईरहेको सापकोटाले जानकारी दिए ।

कंकालको अवस्था हेर्दा मानिस झुण्डिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । कंकालसँगै अनेरास्ववियु (क्रान्तिकारी) लेखिएको टिसर्ट पनि फेला परेको छ । उक्त टिसर्ट तत्कालिन माओवादी केन्द्र निकट अनेरास्वियु क्रान्तिकारीले वितरण थियो । कंकाल कति समय पुरानो हो र महिलाको हो कि पुरूषको हो भन्ने अझै पुष्टि हुन सकेको छैन ।

यो पनी पढ्नुहोस÷नेकपा नेता घनश्याम भुसाल न्युज फेस्टिवलमा भाग लिन चार दिनअघि लुम्बिनी पुगेका थिए । मंगलबार राति उनी रुपन्देही जिल्लास्थित आफ्नै घरमा बास बसेका थिए । काठमाडौं बाहिरै रहेका बेला भुसाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले तीनरचारपटक फोन गरे । भुसालले मोबाइलको घण्टी बजेको सुनेनन् । रिमालको फोन ‘मिस्ड’ भयो । तारन्तार फोन गर्दा पनि नउठेपछि ‘प्रधानमन्त्रीज्यूले कुरा गर्न चाहनुभएको छ, जसरी पनि सम्पर्कमा आउनुर्पयो’ भन्ने सन्देससहितको म्यासेज भुसालको मोबाइलमा र्झयो ।

भुसालले मन्त्री बन्नुभन्दा अगाडि नै सरकार सञ्चालनको कार्यशैली र मन्त्रीले पाउने अधिकारबारे छलफल गर्न चाहेका थिए ।प्रधानमन्त्रीबाट अनावश्यक हस्तक्षेप हुन्छ कि हुँदैन भन्ने स्पष्ट हुन खोजेका थिए तर, प्रधानमन्त्री केपी शर्मा ओली त्यो मौका नदिई मन्त्री बनाएका छन । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र सांसद भुसालवीच फोन सम्वादको साइत र्जुयो ।जवाफमा भुसालले सरकार र पार्टीको सञ्चालन कार्य्विभाजनका आधारमा गरिनुपर्छ भन्ने आफूले पहिल्यैदेखि बताउँदै आएको हुनाले सचिवालयको निर्णय सकारात्मक नै लागेको बताए ।पार्टी सचिवालयले गरेको दुई अध्यक्षको कार्य्विभाजन निर्णयबारे तपाईको प्रतिक्रिया के छ भनेर प्रधानमन्त्री ओलीले सोधे ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.