जिसस पाल्पाका प्रमुख बस्यालको ६७ बर्षको उमेरमा निधन

जिल्ला समन्वय समिती पाल्पाका प्रमुख दयाराज बस्यालको ६७ बर्षको उमेरमा निधन भएको छ । उनको काठमाण्डौ स्थीत मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टर उपचारको क्रममा बिहिवार दिउँसो निधन भएको हो । युनाइटेड मिशन अस्पताल तानसेनमा उपचार गराइरहेका बस्यालको फोक्सोमा पानी भरिएको देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको परिवारले जनाएको छ । बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले समेत ग्रसित थिय ।

२००९ सालमा बगनासकाली ६ यम्घा थामडाँडामा जन्मीएका बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन बिस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गरेका थिए । लामो समय शिक्षण सेवा, दर्लमडाँडा माध्यविक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, भएर उनले सेवा समेत गरेका थिए ।

शिक्षक आन्दोलन र पार्टी राजनीतिमा लागेको भन्दै पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा जनपक्षिय उमेदवार बनेका बस्यालको चुनाव चिन्ह रेडियो आज धेरै पाल्पालीले बिर्सिएका छैनन् । जिल्ला पञ्चायतको जनपक्षीय उपसभापति पदमा रहँदा विद्रोह गरेर प्रजातन्त्रको पक्षमा लागेका बस्यालले नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य भएर जनसेवामा संलग्न हुदैँ इमान्दार र निष्ठावान नेताको छवि बनाएका थिए । बस्यालकी श्रीमती, २ छोरा र २ छोरी रहेका छन् ।

नेकपा प्रदेश ५ का प्रदेश कमिटिका सदस्य समेत रहनुभएका ६७ बर्षिय बस्यालको बुधबार देखि शिक्षण अस्पतालमा उपचार भएको थियो । लामो समय देखि दमको समस्या भोग्नु भएका बस्याललाई पछिल्लो समय पेट फुल्ने भएपछि तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार गरिएको थियो । मिशन अस्पताल बाट थप उपचारका लागी उहाका आफन्त र परिवारका सदस्यले काठमाण्डौ लगेका थिए ।शिक्षण पेशा बाट अवकार लिनुभएका प्रमुख बस्याल २०४६ सालको आन्दोलनमा पटक पटक जेल समेत पर्नुभएको नेकपा पाल्पाले जनाएको छ । दयाराज बस्यालका श्रीमती, दुई छोरा र २ छोरी रहनुभएको छ । उहाको पार्थिब शरिरलाई शुक्रबार बिहान ७ बजे देखि जिल्ला समन्वय समितिको प्राङ्गढमा राखिने र दिउसो राम्दीघाटमा अन्त्येष्टी गरिने नेकपा पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.