नमस्कार गर्दा के के फाइदा छन ? बिज्ञान यस्तो भन्छ ।

वैज्ञानिक रूपमा नमस्कार गर्दाका फाइदा भन्नुपर्दा दुवै हात जोड्नाले सबै औंलाका टुप्पा जोडिन पुग्छन् र तिनले आँखा, कान र दिमागका चाप विन्दुहरूलाई जनाउँछन् ।एक औलाले अर्को औलालाइ एकैचोटि दबाउँदा चाप विन्दुहरू सक्रिय हुन्छन् जसका कारण हामीले अभिवादन गरिएको व्यक्तिलाई लामो समयसम्म सम्झन मद्दत पुग्छ । नमस्कार गर्दा कुनै शारीरिक सम्पर्क नहुने पनी भएकाले कीटाणु सर्ने र जोखिम समेत नहुने फाइदा पनि यसमा छ ।

महिलाले गोडाका औंलामा औंठी लगाउने चलन पनी हिन्दु सँसकारबाट नै आएको हो । भारतीय हिन्दु महिलाहरूले आफ्नो गोडाको औंलामा औंठी लगाउने गर्छन् । यो विवाहिता महिलाको विशेषता मात्र नभएर यसका पछाडि वैज्ञानिक कारणहरु पनि छन । सामान्यतया औंलामा औंठी लगाउदा दोस्रो औंलामा लगाइन्छ । दोस्रो औंलामा रहेको एक विशेष नसाले महिलाको गर्भाशयलाई जोड्छ र त्यो मुटुमा पुग्छ । यो औंलामा औंठी लगाउँदा गर्भाशय मजबुत एवम ठिक अवस्थामा रहने गर्दछ । यसले रत्त mप्रवाहलाई नियमित गरेर स्वस्थ बनाउँछ र महिनावारीलाई नियमित बनाउँछ । यो औंठी चाँदीको हुने हुनाले यसले पृथिवीबाट ध्रुवीय ऊर्जालाई सोस्छ र शरीरमा पठाउँछ । यस कारण महिलाले लगायने औठिलाइ बिशेस महत्वका साथ हेर्ने गरिएको हो ।

मानिसहरुले यात्राको क्रममा कहि कतै नदी देखे भने वा योजना अनुसारको यात्रामा नदी परेमा सिक्का फाल्दा सौभाग्य प्राप्त हुन्छ भन्ने कारण प्रायः दिइन्छ । तर वैज्ञानिक तवरले भन्नुपर्दा प्राचीन समयमा प्रयोग गरिने अधिकांश मुद्राहरू तामाबाट बनेका हुन्थे, अहिलेको जस्तो स्टिलबाट बनेका भने कमै हुन्थे । तामा मानव शरीरका लागि अत्यन्त उपयोगी धातु हो । पहिले नदी मात्र जलको स्रोत भएकाले पानी पिउँदा हाम्रो शरीरले पर्याप्त मात्रामा तामा पनि लिन सकोस् भनी सुनिश्चित गर्नका लागि हाम्रा पुर्खाले तामा फाल्न लगाएका हुन् । यो अभ्यास पालन गरून् भनी सुनिश्चित गर्नका लागि यसलाई परम्परा नै बनाइएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.