दाइले बहिनिलाइ बलात्कार गरेर फरार

मानिस यति सम्म पनि निच हुन्छ की त्यो बताइरहदा पनी सोच्न मन लाग्छ । अहिले समाज कता तिर गैरहेको छ धन्ने कुरा यस्ता खालका घटनाले पनी देखाइरहेको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । फतुवा विजयपुर नगरपालिका १ का एक युवाले आफ्नै काकाको छोरी १३ वर्षीया बालिका बलात्कार गरेका हुन् ।

उनको योजना के थियो भन्ने बिषय नै यति गम्भिर छ की त्यो जो कोहिले सहज अनुमान गर्न सक्छ । बिहीबार साँझ उनले घर नजिकैको उखुबारीमा बहिनीलाई बलात्कार गरेको स्थानीयले देखेपछि उनी भागेका थिए । पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीको आधारमा युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा भएका यस्ता

पीडित किशोरीको चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । प्रहरीले घटनाको बारेमा पत्रकार सम्मेलन मार्फत जानकार िगराउदै त्यस्ता ब्यातिmलाइ कुनै पनी हालतमा कानुनको दायरामा ल्याउने बताएको छ । यस्ता घटना अहिले पछिल्लो पटक प्रहरीमा धेरै आउने गरेको तर हाड नातामाभने कमै आउने गरेको प्रहरीको भनाइ छ । बालिकाको अहिले पछिल्लो पटक प्राप्त जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको उनको परिवारले बताएको छ ।
यो पनि पढनुहोस÷ जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको ६८ वर्षको उमेरमा निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य समेत रहेका बस्यालको हिजो दिउँसो उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।
तानसेनको मिशन अस्पतालमा उपचार गराइरहेका बस्यालको फोक्सोमा पानी भरिएको देखिएपछि काठमाडौं लगिएको थियो। बस्याललाई मधुमेह र उच्च रक्तचाप थियो। २००९ साल बगनासकाली गाउँपालिकाको यम्घामा जन्मेका बस्याल कम्युनिष्ट पार्टीको संगठन, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियान सक्रिय व्यक्ति हुन्। पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेका तत्कालीन जिल्ला पञ्चायतको जनपक्षीय उपसभापति र उपसभापति पदमा रहादा विद्रोह गरेर प्रजातन्त्रको पक्षमा लागेका हुन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.