कर्मचारीलाई झुक्कायर हवाइजहाज भित्र नै पोर्न फिल्मको सुटिङ

काठमाडौ , कुनै पनी रेकर्ड गर्ने सामग्रीको लागि कोही कसैलाइ प्रस्तुत गर्नु छ भने अनुमती बिना गर्न नपाइने ब्यावस्था छ । केही अभिनेताहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक हवाइजहाज भित्र नै पोर्न फिल्मको सुटिङ गरेका छन् । उनीहरुले हवाइजहाजको भाडाको रुपमा १०० पाउण्ड (करिब १५ हजार नेपाली रुपैयाँ) दिएका थिए तर भित्र पोर्न फिल्म सुटिङ गर्ने तयारी बारे केही जानकारी दिएका थिएनन् । यो उनिहरुको पुर्व योजना थियो तर यसलाइ गोप्य राखिएको थियो । यो घटना बेलायतको मिडल्याण्ड एयर म्युजियमको भएको बेलायती मिडिया द सनको समाचारमा उल्लेख छ ।

मिडल्याण्ड एयर म्युजियममा आम सर्वसाधारण र बालबालिकाको उपस्थितिकै बेला पोर्न फिल्मको सुटिङ भएपछि कैयौं प्रश्न उठेका छन् । समाचारमा उल्लेख भएअनुसार जुन विमानमा सुटिङ भयो त्यो विमान कुनै बेला एयर फ्रान्सको थियो । संग्रहालयका कर्मचारीका अनुसार उनीहरुलाई झुक्याएर एडल्ट फिल्मको सुटिङ गरिएको थियो । सुटिङका लागि अभिनेताहरु पाइलट र एयर होस्टेसको पहिरनमा आएका थिए ।

उनीहरुले कर्मचारीलाई आफूहरु विमानमा स्विम वेयर सुट गर्न गइरहेको बताएका थिए । कर्मचारीले यदि आफूहरुलाई घटनाको जानकारी भएको भए त्यही बेला सुटिङ रोकिदिने बताएका थिए । जुन विमानमा सुटिङ भयो त्यो विमानलाई १९५० को दशकमा चार्टर होलिडेको लागि प्रयोग गरिन्थ्यो । एउटा एतिहासिक बिमान जुन सँग्रालयमा थियो त्यससमा यस्तो गतिबिधी गरिएको प्रति आम सर्व साधरणहरुले कडा रुपमा त्याहाका स्थानिय सरकार सँग कार्वाहीको माग गरेका छन । कारवाही नगरे समाजमा यस्ता घटना भैरहने भन्दै यस्तो हुन नदिने प्रती सजक हुन समेत भनिएको छ । यस बारे बिभिन्न् मिडियाले सम्पादकिय समेत लेखेका छन । सँग्रहालयका प्रबन्धक डिआने जेम्सका अनुसार बेलाबेलामा मानिसहरु पाइलट र एयरहोस्टेसको पहिरनमा आएर विमानभित्र अभिनय गर्ने हुँदा उनीहरुमाथि कर्मचारीलाई शंका भएन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.