नेकपा र नेपाली काङ्ग्रेसका वडा अध्यक्ष लड्दै

८ मंसिर/ गुल्मीको रुरु गाउँपालिका वडा न ६ रिमुवामा वडा अध्यक्षको पदको लागि उपनिर्वाचन हुँदैछ । उप निर्वाचनमा मुख्य दुई दलबीच चुनावी सरगर्मी बढेको छ चुनावको लागि नेकपा, नेपाली काङ्ग्रेस एक जनाले स्वतन्त्रको तर्फबाट मनोनयन दर्ता गरेका छन । ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वा्चित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ । निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरि प्रसाद सिन्जाली चुनावी मैदानमा होमिएका छन भने नेपाली काङ्ग्रेसले बेद प्रसाद दर्लामीलाई चुनावी प्रचारमा लागेका छन । त्यस्तै मन बहादुर दर्लामीले स्वतन्त्र उम्मेद्बारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपाका उमेदवार सिन्जाली २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिजयी वडा सदस्य हुन भने नेपाली काङ्ग्रेसका दर्लामी वडा अध्यक्षमा पराजित भएका थिए । रुरु गाउँपालिका ६ रिमुवामा कुल मतदाता सख्या २ हजार ४८ रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए । नतिजा आफ्ना् पक्षमा पार्न ३ जना उमेदवारले घरदैलो अभियानलाई प्राथमिकता दिएका छन । घरदैलोले जनतामा अझै बढी आत्मीयता बढ्ने भएकाले सकेसम्म प्रत्येकको घरमा पुगेको नेकपाका उमेदवार गिरि प्रसाद सिन्जालीले बताए ।

१९०४ मतदाता रहेको अछामको मेल्लेख गाउँपालिका ५ मा हुने वडाध्यक्ष पदको उप निर्वाचनका लागि पनी दलहरु घरदैलो अभियानमा छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले उम्मेदवारी दिएको सो वडामा यसअघि नेपाली कांग्रेसका रामबहादुर बोहरा वडाध्यक्ष थिए । उनको मृत्युपछि त्यहाँ चुनाव हुन लागेको हो । अहिले नेकपाले स्थानीय नेता रमेशबहादुर खड्का र कांग्रेसले स्वर्गीय बोहराका सहोदार दाई बिरवहादुर बोहरालाई उम्मेद्वारका रुपमा अघि सारेको छ । प्रचारप्रसार सुरु गरे यता दुबै दलले हरेक दिन सभा, सम्मेलन र नाराजुलुस सहित आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । एकै गाउँमा दिनहु दुई पार्टीका छुट्टाछुट्टै सभा हुन थालेपछि पुरै गाउँ निर्वाचनमय बनेको छ । जिल्ला स्तरका सबै नेता मेल्लेखको वडा नम्बर ५ मा केन्द्रीत छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.