पाल्पामा लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान जनचेतना मुलक कार्यक्रम गरि मनाइदै

‘समानताको पुस्ता बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ मसिर ९ गते देखी देशै भर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुदैछ । लैङ्गिक हिसांमुक्त देश निर्माण गर्ने उद्धेश्यका साथ देशै भर १६ दिने अभियान संचालन हुने छ । पछिल्लो समयमा बढ्दो लैङ्गिक हिंसा अन्त्यका लागि बिभिन्न तह तथा सरोकारवाला निकायले तिव्रताका साथ यस १६ दिने अभियानलाई अगाडी बढाएका छन् । प्रत्येक बर्षको नोबेम्बर २५ देखी डिसेम्बर १० सम्मलाई १६ दिने लौगिक हिसां विरुद्धको अभियानका रुपमा मनाउने गरिएको छ ।

बिगतका बर्षहरुमा जस्तै तानसेनमा पनि लैङ्गिक हिसांको १६ दिने अभियान बिबिध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय भएको छ । आईतबार तानसेनमा आयोजित एक कार्यक्रमका बिच लौगिक हिसां विरुद्धको १६दिने अभियान कसरी सम्पन्न गर्ने भन्ने बिषयमा बिभिन्न संघ सस्थाहरुका प्रतिनिधी सँग तानसेन नगरपालिकाको आयोजनामा छलफल गरिएको छ ।

नगरपालिकाले सोमबार बिहान देखी सेतो रिबन बितरण तथा ्यालि गरीे अभियानको शुभारम्भ गर्ने भएको छ । नगरपालिका अन्तगतका सम्पुर्ण वडाका कर्मचारी, बिद्यार्थी, सिरोकारवाला संस्थाका ब्यक्तिहरु लगायतको बिशेष सहभागिता हुने नगरपालिकाकी उपप्रमुख लक्ष्मी पाठकले जानकारी दिनुभयो । उहाले आआपनो स्थानबाट लैगिंक हिसां विरुद्धको अभियान सफल बनाउन आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशाासकिय अधिकृत डिल्लीराज बेल्वासेले दिवसलाई सफल बनाउन बन्द कोठामा बसेर कार्यक्रम संचालन गर्दा प्रभावकारी नहुने बताउनु भयो । लैगिंक हिंसा अभियान अन्तर्गत मंसिर १३ गते तानसेन बडा नं १० का अपागंता भएका ब्यक्तिहरुलाई अपागंता परिचयपत्र बितरण गर्ने कार्यक्रम रहेको बेल्वासेले बताउनु भयो । कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नगरपालिकाकी उप प्रमुख लक्ष्मी पाठकको अध्यक्ष्यता तथा शाखा अधिकृत भरत आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.