आर्यन सिग्देल र मिरुना मगर रोमान्स, ‘च च हुईमा’ ।

चर्चित अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिका बनेको फिल्म ‘च च हुई’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । रिलिज पूर्व खासै राम्रो हाइप बनाउन नसकेको चलचित्रले हलमा भने दर्शक राम्रो तान्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रले बक्सअफिसमा निकै कमजोर सुरुवात गरेको छ । शुक्रबार बिहान प्रायः मल्टीप्लेक्समा दर्शक नभएर शो नै रद्द भएको थियो । यो हालत आउन सक्छ भनेर उनिहरुलाइ अनुमान समेत थिएन ।शनिबारबाट भने चलचित्रले गति लिएको वितरक करण श्रेष्ठ बताउँछन् । उनी भन्छन, ‘फिल्मले अपेक्षाकृत ओपनिङ गर्न नसकेकै हो । यो नकार्न मिल्दैन । शुक्रबार हलमा दर्शकको उपस्थिति खासै राम्रो थिएन । तर, शनिबार ११ बजेबाट फिल्मले आफ्नो गति लिएको छ । मल्टीप्लेक्स र सिंगल स्क्रिन सबैतिर चलचित्र हाउसफुल थियो । आइतबार पनि चलचित्र हेर्ने दर्शक राम्रो छन् ।’ तर यो उनको भनाइ इजत जोगाउनका लागि मात्रै भएको बुझ्न सकिन्छ ।

चलचित्र हेर्ने एकजना पनि दर्शक नभएपछि प्रायः मल्टीप्लेक्सले शुक्रबारको बिहानी शो रद्द गरेका थिए । यसलाई कतिपयले अभिनेता आर्यनको युग सकिएको समेत भन्न भ्याएका छन् । तर, चिसो मौसमका कारण दर्शकको उपस्थिति नभएकाले शुक्रबारको बिहानी शो रद्द भएको वितरक श्रेष्ठको तर्क छ । उनी आर्यनको युग सकिएको स्वीकार गर्ने पक्षमा छैनन् । ‘आर्यनको युग सकिएको भए शनिबार चलचित्र कसरी हाउसफुल भयो ?,’ उनी प्रश्न गर्छन् ।

‘वर्ड अफ माउथ’ बलियो भएका कारण ‘च च हुई’ लामो रेसको घोडा बन्ने उनको विश्वास छ । चलचित्र हेर्नेले मेकिङको प्रशंसा गरेका छन् । भने, आर्यनसहित मिरुना मगर र भोलाराज सापकोटाको अभिनय रुचाइएको छ । तर, कथा र पटकथा कमजोर हुँदा दर्शकलाई चलचित्र झेल्न सकस परेको छ । कमजोर ओपनिङ मिलेका कारण २ करोडमा बनेको चलचित्रलाई लगानी सुरक्षित गर्न गाह्रो देखिएको छ ।

यो चलचित्रबाट आर्यन र मिरुनालाई निकै ठूलो आश थियो । किनकि, यी दुई अभिनीत पछिल्ला कुनै चलचित्रले बक्सअफिसमा हिटको व्यापार गर्न सकेका थिएनन् । ‘च च हुई’ ले फ्लप चलचित्रको श्रृंखला रोक्ने दुबैको विश्वास थियो । तर, चलचित्र हेर्न हलमा दर्शकको उत्साहजनक भीड नदेखिनुले दुईको आशा निराशामा परिणत हुने देखिएको छ । यसका निर्देशक साम्तेन भुटिया हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.