मोटरसाइकल दुर्घटना हुदा १ जनाको मृत्यू, १ घाइते

पाल्पा, मंसिर ९/ रैनादेवि मन्दिरमा दर्शन गरेर तानसेन तर्फ फर्किने क्रममा सोमवार साँझ लु २८ प ३५७ नम्बरको मोटरसाईकल दुर्घटना हँुदा १ जनाको मृत्यू भएको छ अर्का १ जना गम्भीर घाइते भएका छन । मृत्यू हुनेमा मोटरसाइकल चालक अर्घाखाँची पाडेनी गाउँपालिका ३ साधनबुटाका ४० बर्षिय लक्ष्मण नेपाली रहेका छन ।

घाइते पाल्पा रिब्दिकोट गाउँपालिका ३ हार्थोकका ३० बर्षिय सुदन गैरेको स्थानिय स्वास्थ्य चौकिमा उपचार भैरहेको छ । रैनादेवि छहरा गाउँ पालिकाको अधेरि गहिरा भन्ने स्थानमा मोटर साइकल अनियन्त्रित भइ दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृश्ण सापकोटाले जानकारी दिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.