श्रीमती हत्याको आरोपमा शिक्षक पक्राउ

कञ्चनपुर,१०मंसिर/ महिला बिरुद्ध हुने सबैखाले हिन्सा न्यूनिरणका लागि अहिले देशैभरी ‘महिला हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । कञ्चनपुरका समेत अभियान शुरु भएकै बेला श्रीमती हत्याको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका ६ खैराना घर भएका सरकारी शिक्षक मोहन सिह ऐरी पक्राउ परेका हुन् । शिक्षक ऐरीलाई इलाका प्रहरी कार्यालय बेलौरीले श्रीमती हत्याको आरोपमा पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले ऐरीकी श्रीमती सरस्वती ऐरीको विशालु पदार्थ सेवन गरेर मृत्यु भएपछि माईती पक्षले शिक्षक ऐरीलाई हत्या गरेको आरोप लगाएका छन् । सरस्वतीको सोमबार सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । मृतक सरस्वतीका बाबु शेर सिह बोहराले ज्वाँई बिरुद्ध दिएको किटानीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको ईप्रका बेलौरीका इन्चार्ज चन्दले बताए । ‘उनकै ससुराले दुरुत्साहन सम्बन्धीको मुद्दामा ज्वाँई बिरुद्ध किटानी दिएका छन्, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘अनुसन्धानका लागि शिक्षकलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौँ ।’ सरस्वतीलाई श्रीमानले आत्महत्या गर्न बाध्य पारेको भन्दै किटानी परेको प्रहरीले जनाएको छ ।

बेलौरी घर भएका शिक्षक ऐर कैलालीको कालिका माध्यामिक विद्यालय कैलालीमा अध्यापन गराउदै आएको प्रहरीले जनाएको छ । तीन सन्तानकी आमा सरस्वतीको मृत्युभएपछि उनका सन्तान विचल्लीमा परेका छन् । आमाको मृत्यु, बाबु प्रहरी नियन्त्रणमा भएपछि सरस्वतीका सन्तान टुहुरिएका हुन् । यसरी कञ्चनपुरमा महिला हिंसा बिरुद्धको अभियानकै बेला महिलामाथी शिक्षित बुद्धिजिवी वर्गबाटै दमन भएको घटनाको चौतर्फि भत्सर्ना गरिएको छ । नेकपा नेत्री मार्यादा विष्टले समाजिक सञ्जाल मार्फत घटनाको भत्सार्ना गरेकी छिन् । कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् । यस्ता जघन्य प्रकृतिका घटना नरोकिनुले महिला हिंसा बिरुद्धको अभियानमा फजुल खर्च भईरहेको देखिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.