पोखराको प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभा नजिकै बम विस्फोट,

पोखराको नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभा नजिकै विस्फोट भएको छ ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको हो।
सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित हुनुभएको छ । विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर होहल्ला र त्रास उत्पन्‍न भएको थियो। पछि सुरक्षाकर्मीहरुले ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा स‌ंचालन भइरहेको छ।
विस्फोट भएको स्थललाई सुरक्षाघेरामा राखेर अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.