अपडेट : अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

मसिर ११ / अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १० पुरुष, ५ महिला र २ बच्चा रहेका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१६८ नम्बरको बस नरपानीमा दुर्घटना भएको हो । बस सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । घाइते सबैको उद्धार गरि उपचारार्थ पठाइएको प्रहरीले जनाएको छ ।

हुम्ला सदरमुकाम सिमकोटमा टिपर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाकाे अवस्था गम्भीर छ । नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट जिल्ला सदरमुकाम जाँदै गरेकोा लु ४ ख ३२६९ नम्बरको टिपर सडकबाट १५ मिटर तल खसेको छ । मृत्यु हुनेमा एक महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए । मृतकको पहिचान नभइसकेको र घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झन्डै तीस वर्ष नासुको जागिर खाएका मदन गुप्ताले जोडे १९ करोडको सम्पत्ति, चार करोड मात्रै वैध भएको अख्तियारको दाबी . चार करोडको घर, ९० लाखको जग्गा, २७ लाखको गाडी, ७१ लाख व्यवसायमा लगानी, ४३ लाख सापटी दिएको, परिवारबाहेकका अन्य व्यक्तिका नाममा झन्डै पाँच करोड २८ लाखको घर, ४० लाखको गाडी, झन्डै तीन करोड बैंक मौज्दात आदि । यो कुनै ठूलो व्यापारी वा धनाढ्यको सम्पत्ति विवरण होला भनेर स्वाभाविक अनुमान लगाउन सकिन्छ । तर, यो एकजना नायब सुब्बा (नासु)को सम्पत्ति हो । त्यो पनि सरकारी सेवामा प्रवेश गरेदेखि आर्जित सम्पत्ति । औसत बेतन रहेको साधारण निजामती कर्मचारीलाई घरखर्च व्यवस्थापन गर्न पनि मुस्किल छ । तर, एकजना नासुले झन्डै तीन दशकको सेवा अवधिमा १९ करोड रुपैयाँ सम्पत्ति जोडे । आममानिसलाई आश्चर्य नै लाग्नेगरी मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नासु मदनप्रसाद गुप्ताविरुद्ध झन्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.