अनुदान प्राथमिकतामा खाद्यबाली नपरेको पाल्पाका किसानको गुनासो,

सबै अनुदानका रकम र कार्यक्रमहरु नगदेवाली तर्फ लक्षित रहेको भन्दै कृषकहरुले गुनासो पोखेका हुन् ।स्थानिय तहहरुले नगदेवाली बाहेक अन्य खेतीमा आवश्यक अनुदान र सहयोगलाई प्राथमिकतामा नपारेको कृषकहरुले गुनासो गरेका छन् ।स्थानिय तहहरुले साना किसानहरुलाई समेत अनुदानका कार्यक्रममा समेट्न नसकेको सरोकारवाला बताउँछन् । स्थानिय तहको नजरमा फर्म दर्ता गरेर ठुला कारोबार गर्ने र धेरै कामदार लगाएर व्यवसाय गर्न सक्ने कृषकहरुमा मात्र परेका छन् ।

रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले कृषकको मागका आधारमा धान र मकैको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको बताउनुभयो । रम्भा गाउँपालिकाले गेडागुडि खेतीलाई लक्षित गरि त्यसमा आत्मनिर्भर हुने गरि कार्यक्रम ल्याउने तयारी थालेको बताएको छ ।स्थानिय तहले सामान्य अनुदानका कार्यक्रम ल्याए पनी साना किसानलाई प्रभावकारी हुने हुने खालका योजना र कार्यक्रम ल्याउन नसकेको किसानहरुको गुनासो छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.