पसल फोडेर प्याज चाेरी, पैसा भने छुँदा पनि छोएनन् !

एजेन्सी, १२ मंसिर । पछिल्लो समय नेपाली बजारमा मात्रै नभएर भारतमा पनि प्याजको मूल्य दिनदिनै आकाशिदै गएको छ । नेपाल मा मात्र हैन प्याजको मुल्य भारतमा पनि बडेको छ । प्याजको मूल्य आकाशिएसँगे चोरले पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्। भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक सब्जी पसल फोडेर चोरले प्याज चाेरेकाे छ । अचम्मको कुरा के छ भने चोरहरूले पसलमा राखिएको पैसा भने छुँदा पनि छोएनन्, केवल प्याज, लसुन र अदुवा मात्रै लिएर भागे।

हिन्दी न्यूज १८ को अनुसार अजय दासको पसलबाट ५० हजार बराबरको प्याज र लसुन चोरी भएको छ । दासले राम्रो मूल्यमा बेच्नका लागि प्याज ठूलो भण्डारण गरेर राखेका थिए । दासले भने, ‘पछि राम्रो भाउमा बेच्नको लागि पसलभित्र प्याज भण्डार गरेर राखेको थियौँ, तर बिहान पसलमा आउँदा त सबै प्याजहरु चोरी भएछ ।’ भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पुगेकाे छ । भारतीय व्यापारीहरूले बढी मुनाफा कमाउनका लागि प्याज भण्डरान गरेर राखेको बताइएको छ । सरकारले प्याज किन्न पनि सीमा तोकेको छ । भारतीय सरकारले प्याजको मूल्य नियन्त्रण गर्न पनि प्रयास गरिरहेको छ।

यो पनि पढ्नुहोस् /प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीहरुको मृत्यु भएको पाइएको छ। युनिसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्क अनुसार हरेक घण्टा १३ जनाको मृत्यु हुने गरेको हो। पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरुको मृत्यु भएको जनाइएको छ। सन् २०१८ मा १४ बर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआइभी सहित बाँचेका छन्। उनीहरुले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। विरामीलाई औषधी उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ। दक्षिण एसियामा ९१ प्रतिशत विरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ।

त्यहाँ ७३ प्रतिशत विरामीको पहुँच देखिएको छ। त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत विरामीलाई मात्रै औषधी उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ। सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ विरामी थपिएका छन्। विश्वभरी अहिले यही उमेर समूहका एचआईभी संक्रमित बालबालिकाको संख्या ११ लाख रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ। रासस

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.