‘छ माया छपक्कै’ले ५१ औं दिन मनायो

काठमाडौं । दर्शकहरुले माया अनि गाली दुबै दिएको नेपाली कथानक चलचित्र छ माया छपक्कैले अपा। सफलता पाएको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले शुक्रबार (आज) प्रदर्शनको ५१ औं दिन पार गरेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गरेको फिल्मले राजधानीका ६ वटा हलमा ५१ दिन मनाएको हो । फिल्मले अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज, गंगा हल, गुण सिनेमाज, सिडिसि सिनेमाज र विएसआर सिनेमाजमा प्रदर्शनको ५१औं दिन मनाएको दीपकराजले फेसबुकमार्फत जानकारी दिएका छन् ।

५१ औं दिनसम्म ‘छ माया छपक्कै’ ले १४ करोडको ब्यापार गरेको जानकारी प्राप्त छ । तर, निर्माता र वितरक कम्पनीले भने यसको पुष्टि गरेको छैन् । दिपकराज गिरी यो फिल्मबाट थप उचाइमा पुगेको कतिपय जानकारहरुको भनाइ छ । दिपक र दिपाको जोडिले टेलिसिरियल बनाउन फिल्म बनाउन थालेका हुन । उनिहरुले बनाएको पहिलो फिल्मले नै सफलता दिदै आएपछी उनिहरु लगाता। ििफल् दिदै आएके छन र यसलाइ दर्शकहरुले मन पनि परारहेको देखिन्छ । पछिल्लो फिल्ममा त्यती धेरै सन्तुष्टीको आधार भने नदेखिएको हलमा पुगेर फर्कने दर्शकहरुके भनाइ छ ।

गुल्मीकी दिपिशा रानाले अघिल्लो फिल्मको तुलनामा यो फिक्का लागेको बताइन । यसले जबरजस्ती हसाउन खोजेको उनको भनाइ थियो ।आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको प्रस्तुतिमा दीपेन्द्र लामाले फिल्मको निर्देशन गरेका हुन् । पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषयमा केन्द्रित रहेर निर्माण गरिएको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ । यो संगै यसवर्ष प्रदर्शनको गौरवमय ५१ मनाउने फिल्मको संख्या चार पुगेको छ । यसअघि ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ले ५१ दिन मनाएका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.