‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स २५ लाखमा बिक्री

कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स महँगो मुल्यमा बिक्री भएको छ । हाल छैठौं हप्तामा प्रदर्शनरत यो चलचित्रको आत्रेय प्रोडक्सनका सुदीप आत्रेय र किरण घिमिरे (माइकल) ले २५ लाखमा अमेरिका राइट्स खरिद गरेका छन् । शुक्रबार निर्माता किरण नेपालले आत्रेय प्रोडक्सनलाई चलचित्रको अमेरिका राइट्स बिक्री गरेका हुन् ।

अमेरिकामा ठूलो माग भएका कारण चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको वितरक घिमिरेले बताए । त्यस्तै, निर्माता नेपालीले ‘पोइ पर्‍यो काले’ को अहिले विदेशमा निकै राम्रो माग रहेको भन्दै खुसी व्यक्त गरे । राम्रो चलचित्र बनाएको खण्डमा लगानी उठाउन गाह्रो नहुने उनको भनाई छ । घरेलु बजारबाटै आफ्नो लगानी सुरक्षित भएको बताउँदै उनले चाँडै नयाँ चलचित्र घोषणा गर्ने बताए ।

शिशिर राणा निर्देशित चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ । तिहारको विदामा प्रदर्शनमा आएका कारण चलचित्रले राम्रो व्यापार गर्न सफल भएको थियो । तर, समीक्षकको नजरमा कमजोर साबित भएको चलचित्रलाई दर्शकबाट भने मिश्रित प्रतिक्रिया प्राप्त छ ।

एक्सन जनरामा निर्मित चलचित्र ‘सरौतो’ र प्रेमकथा वाचन गर्ने चलचित्र ‘लभ यू हमेशा’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएका छन् । हरि हुमागाईंको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सरौतो’ मा अभिनेत्री सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रमा उनले फरक क्षमता भएकी युवतीको भूमिका निभाएकी छन् । उत्तम हुमागाईंले चलचित्र खिचेका हुन् । बदलाको कथामा निर्मित चलचित्रमा सुमीका अलावा सन्नी सिंह, विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको अभिनय छ । यो चलचित्रका लागि अभिनेत्री सुमीले डेढ वर्ष मार्सल आर्ट तालिम र सात महिना सांकेतिक भाषा सिकेकी थिइन् । चलचित्रको मुल कथा नै उनको वरिपरि घुमेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.