विराज र निकिताको जोडि यसरी बन्यो

एक पछि अर्को चलचित्र बन्ने क्रम नेपाली फिल्म क्षेत्रमा पनि जारीनै छ । आउँदो माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘साङ्लो’ बाट नेपाली चलचित्रले फेरि एक मिस नेपाललाई अभिनेत्रीको रुपमा स्वागत गर्दैछ । उनी हुन, निकिता चाण्डक । उनी सन् २०१७ की मिस नेपाल हुन् । आफ्नो एक वर्षे कार्यकाल सकिए लगत्तै उनले चलचित्र ‘रानी महल’ साइन गरेकी थिइन् । तर, यो चलचित्र आधा पनि नबन्दै सधैंका लागि थन्कियो । त्यो कीन थन्कियो अनि फेरी अर्को किन बन्दैछ त्यो निर्मातालेनै जानुन या त्यसका टिमले ।

‘रानी महल’ थन्किएपछि उनी तत्काल चलचित्र गर्ने सोचमा थिइनन् । केही समय अभिनय सिक्ने मनस्थिति बनाएकी थिइन् । तर, त्यही बेला उनलाई अभिनेता विराज भट्टले चलचित्र ‘साङ्लो’ अफर गरे । यो चलचित्रमा उनले विराजको प्रेमिका र श्रीमतिको भूमिका निभाएकी छन् । बिहीबार चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ । जसमा विराज र निकिताले ठुम्का लगाएका छन् । यो गितको प्रतित्रिया त्यती राम्रो बन्न सकेको छैन ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने निकिताले हालै इन्स्टाग्राममा एक तस्विर साझेदार गरेकी छन् । जसमा उनी अभिनेता विराजसँग एक्सन मुडमा देखिएकी छन् । उक्त तस्विरले ‘साङ्लो’ एक्सन प्रधान चलचित्र रहेको प्रस्ट्याउँछ । यो चलचित्रलाई लिएर निकै उत्साहित र आशावादी रहेकी निकितालाई नेपाली चलचित्रमा असफल मिस नेपालको भीडमा अपबाद बन्नु पर्ने चुनौती छ । विराजको निर्देशन र निकिताको अभिनयमा डेब्यू चलचित्र भएका कारण ‘साङ्लो’ माथि धेरैको चासो छ । चलचित्रले सिंगल थिएटरमा राम्रो व्यापार गर्ने कतिपयको अनुमान छ । किनकि, दशक अगाडि विराजका चलचित्रले सिंगल थिएटरमा जबरजस्त व्यापार गर्दथे । तर, लामो समय नेपाली फिल्म छाडेर भोजपुरी चलचित्र गरेपछि उनको नेपाली दर्शकमा खासै राम्रो क्रेज छैन । ‘साङ्लो’ ले उनको पुरानो क्रेज फर्काउला त ? आशा गरौं । यो चलचित्रले एउटा राम्रो छाप बनाउने छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.