‘प्रेमगीत ३’ मा यस्तो पो लुक्स छ शिव श्रेष्ठको

लगातार नेपाली फिल्म क्षेत्रमा नया फिल्म आउने लहर चलेकोनै छ । नयाँ रुप र नयाँ छनकमा फिल्म आयन लागेका हुन । छेतेन गुरुङ र सन्तोष सेनले क्याप्टेनसिप सम्हालेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ मा प्रमुख भूमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । जसमा उनलाई निकै भिन्न अवतारमा देख्न सकिन्छ । लामो कपाल र जुँगामा देखिएका उनलाई झट्ट चिन्न गाह्रो पार्छ । सिंहासनमा बसेका उनी राजाको भेषमा क्रोद्धित मुद्रामा देखिएका छन् ।
यो पोस्टर सार्वजनीक भएपछीनै के होला भन्नेदर्शकको जिज्ञाशा झन बढको देख्न सकिन्छ । अभिनेता शिव श्रेष्ठको यो लुक्सले दर्शकमा चलचित्रप्रति झनै कौतुहलता बढाएको छ । यसमा उनी डेढ सय वर्ष अगाडिको राजाको भूमिकामा छन् । यस पिरियड ड्रामा चलचित्रमा उनले अभिनेता प्रदीप खड्का र नव(अभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् । उनको लुक्स सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको काठमाडौं छायांकन सकिएको जानकारी गराएको छ ।

चलचित्रका निर्माता सन्तोष सेनले अब फिल्मको आउटडोर छायांकनका लागि मनाङ प्रस्थान गरेको बताए । महिनौं लगाएर निर्माण टिमले चलचित्रको इनडोर छायांकनका लागि कीर्तिपूरमा भव्य सेट निर्माण गरेको थियो । जहाँ चलचित्रको आधाभन्दा बढी छायांकन गरिएको छ । मनाङमा चलचित्रको महत्वपूर्ण सिन खिचिने निर्माता सेनले बताए ।

जसका लागि मुस्ताङबाट घोडा मगाइएको छ । यो पनी लया एवम नौलो कुरा नै मानिएको छ । यस चलचित्रमा प्रदीपको अपोजिटमा नव(अभिनेत्री क्रिस्टिना गुरुङ छिन् । चलचित्रमा प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । चलचित्रमा हिमाल केसीको एक्सन छ । यो चलचित्र चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.