कास्की क्षेत्र नं २ को मतदानस्थलमा पनि फेरि बम विस्फोट ,

कास्की क्षेत्र नं २ को अर्को मतदानस्थलमा पनि बम विस्फोट भएको छ ।पोखरा महानगरपालिका१६ को दीप चण्डिका मतदानस्थल नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

पोखरा३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.