बलिउड नायिका प्रियंका चोपडा र निक जोनासको जोडी चर्चामा

फिल्म लाइनमा अहिले यस्तो भैरहेको छ की जे गरेपनी हिट हुने जमाना छ । तर यो सबै फिल्मका हिरो हिरोइन हरुमा भने लागु हुदैन । यो लागु हुन्छ जो राम्रो सँग दर्शक बिच चर्चित बनेको छ । यसमा पनी भारतिय नायक नायिका हरु बढि चर्चित हुने गरेका छन । यो चर्चा यनिहरुले सामाजिक सञ्जालबाट बटुल्न सफल भएको कतिपय जानकारहरुको भनाइ छ । जती तुलनामा भारतिय हुन्छ त्यो मात्रामा नेपालीहरुको नेपालमा नै नहुने एक अध्ययनले देखाएको छ ।

बलिउड नायिका प्रियंका चोपडा र निक जोनासको जोडी समय समयमा चर्चामा आइरहन्छन् । यिनिहरुले बेला बेलामा केही न केही नया गरिरहेका नै हुन्छन । गत वर्ष प्रियंका र निकको विवाह भएको थियो । जसको फोटो र भिडियोले सामाजिक सञ्जाल तताएको थियो । उनिहरुको बिहेले एक खालको तरङग नै ल्याएको थियो । हुन त तेसै पनी चर्चित अनुहारले बजारमा आफेनो बर्चश्व जमाउनका लागी केही न केही गसिप दिएका नै हुन्छन र दिनु पनी पर्दछ ।

पछिल्लो समय प्रियंका र निकको जोडी सामाजिक सञ्जालमा भाइरल छन् । यी जोडीको प्रशंसक सामाजिक सञ्जालमा धेरै नै देखिन्छन् । हालै प्रियंका र निकको घरमा एक सदस्य थपिएको छ । प्रियंकाले एक भिडियो सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी हुन् ।

उनीहरूले परिवारको नयाँ सदस्यको रुपमा एक कुकुर ल्याएका छन्, जसको नाम जीनो जोनास हो । प्रियंकाले र आफू र निक जीनोसँग मस्ती गर्दै गरेको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा भिडिमो भाइरल भएपछी बिभिन्न खालका प्रतिक्रियाहरु पनी आइरहेका छन । भारतका एक नियमित दर्शक मिथुल पाण्डेले भाइरल हुनका लागी मात्रै उनिहरुले यस्तो भडियो सार्वजनिक गरेको नहुने बताएका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.