फेसबुकले हटायो ३ करोड ३ लाख हानिकारक सामग्री,पुरा पढनुहोस् ।

सामाजिक संजाल फेसबुकले आफ्नो साइटबाट ३ करोड ३ लाख हानिकारक सामग्री हटाएको छ। फेसबुकले आफ्नो साइटबाट असामाजिक सामग्री हटाइएको दाबी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।पछिल्लो ३ महिनाको अवधिमा कुल ३ करोड ३ लाखभन्दा बढी हानिकारक सामग्रीहरू फेसबुकले हटाइएको छ।

त्यस्तै फेसबुकले अर्को चर्चित सामाजिक संजाल इन्स्टाग्रामबाट हटाइएको सामग्रीलाई पनि समावेश गर्दै अर्को छुट्टै तथ्याङ्क पनि सार्वजनिक गरेको हो।जसध्ये ९९ प्रतिशत सामग्री फेसबुकले आफैले पत्ता लगाएको र बाँकी करिब १ लाख सामग्री युजरले दिएको रिपोर्टका आधारमा पत्ता लगाइएको हो।

आत्महत्यासम्बन्धी २५ लाख सामग्री फेसबुकबाट र ८ लाख ४५ हजार इन्स्टाग्रामबाट हटाइएको छ। त्यस्तै लागुऔषध र बेचबिखनबारे यस्ता विभिन्न शिर्षकमा फेसबुकको ठूलो परिमाणमा हानिकारक सामग्री हटाइरहेको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.