राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज सागको उद्घाटन हुदै, भलिबलको सेमिफाइनलसहित अन्य खेल हुने,

दक्षिण एसियाली खेलकुद साग को उद्घाटन आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने उद्घाटन साँझ पाँच बजे हुनेछ राष्ट्रपति विद्यादेवी भण्डारीले सागको १३ औं संस्करणको उद्घाटन गर्नुहुनेछ । दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन् ।तीन घण्टा २४ मिनेट लामो रहने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराई, बहुजातीय, भेषभुषाको विविधता झल्किने झाँकीहरु पनि प्रस्तुत हुनेछ ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढीको सहभागिता रहनेछ । यस्तै, सहभागि देशका खेलाडीले मार्चपास गर्नेछन् ।उद्घाटनमा विभिन्न कलाकारहरुले पनि सांगितिक प्रस्तुती दिनेछन् । अञ्जु पन्त, दिपक बज्रचार्यलगायत राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन् उद्घाटनसँगै भलिबलको सेमिफाइनल खेल हुनेछ भने ब्याडमिन्टन, खोखो र करातेको पनि उद्घाटन हुनेछ ।पोखरा कवर्डहलमा आइतबार टिम इभेन्टका खेलहरु सञ्चालन हुँदैछन् । पुरुषको टिम इभेन्टमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ भने महिलातर्फ नेपालको प्रतिद्वन्द्वी बंगलादेश रहेको छ ।

म्याच सुरु हुनु भन्दा अघि बस्ने प्रशिक्षक दलको बैठकपछि टिम इभेन्टमा को को खेलाडी समावेश हुनेको त्यो टुंगो लाग्नेछ ।सागका लागि ब्याडमिन्टनमा नेपालबाट १० पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।करातेको उद्घाटन आइतबार नै हुनेछ । उद्घाटन आइतबारदेखि हुने भए पनि खेलहरु भने सोमबारदेखि संचालन हुनेछन् । आइतबार खेलाडीको वजन नाप्ने, दर्ता गर्ने र प्रशिक्षक, ब्यवस्थापक र रेफ्रीको सेमिनार हुनेछ । र, त्यसपछि उद्घाटन समारोह हुनेछ ।खोखोका खेलहरु पनि आइतबारदेखि नै सुरु हुँदैछन् । । त्यसपछि नेपाल र बंगलादेशीच प्रतिस्पर्धा हुदैछ ।

महिलातर्फ नेपालले बंगलादेशसँग खेल्नेछ । यो खेल एघार बजे हुनेछ । त्यसपछि भारत र श्रीलंकाबीच १२ बजे प्रतिस्पर्धा हुनेछ । खोखोमा चारवटा टिममात्र सहभागि भएका कारण राउण्ड रोविन लिगमा सञ्चालन हुनेछ ।भलिबलतर्फ पुरुष विधाका दुई सेमिफाइनल पनि आइतबार नै हुनेछन् । सेमिफाइनलमा भारत श्रीलंकासँग र पाकिस्तान बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.