बिगबोसका सिद्धार्थ शुक्लामाथि महिलालाई दुर्व्यवहार गरेको आरोप,

भारतको चर्चित रियालिटी शो बिगबोस १३ को पहिलो दिनदेखि नै सिद्धार्थ शुक्ला र रश्मी देसाइबीच टकराव सुरु भएको थियो । सिरियल दिल से दिल तकुमा पनि सिद्धार्थसँग काम गर्दाका अप्ठ्याराबारे रश्मीले यसअघि खुलासा गरिसकेकी छन् । बिगबोसमा सिद्धार्थका प्रशंसकहरु उनको ुएग्रेसनुकै कारण निराश बनिरहँदा सिद्धार्थकी सहकर्मी शितल खन्दलले केही खुलासा गरेकी छन् ।ुबलिका बधुुकी को स्टार खन्दलले सिद्धार्थमाथि गम्भीर आरोप लगाएकी छन् ।

उनका अनुसार सिद्धार्थले अपशब्द बोल्ने गर्थे । साथै अनुचित तरिकाले शरीरमा छुने गरेको शितलले बताएकी छन् । यतिसम्म कि, सिद्धार्थ साथी बन्ने बाहनामा उनीसँग असहज हुने गरी प्रस्तुत हुन्थे । हालै पिंकभिल्लाुसँगको एक अन्तर्वार्तामा शितलले यस्तो आरोप लगाएकी हुन् ।

सिद्धार्थले महिलालाई सम्मान गर्दै बोल्ने कुरा मेरा लागि आश्चर्यजनक हो । किन कि, उनले मसँग काम गरुन्जेल कहिल्यै राम्रोसँग बोलेनन्,ु शितलले भनेकी छन् । शितलले आफ्नो लागि त्यही बेला पनि सिद्धार्थलाई भनेको बताइन् । तर सिद्धार्थका प्रशंसकले सिद्धार्थकै समर्थन गरेकोमा उनको गुनासो छ ।बलिका बधुु मा काम गर्ने बेला सिद्धार्थले बारम्बार नराम्रो बोलेको र दुव्र्यवहार गरेको पनि उनको भनाइ छ । बिगबोसमा हालै देखिएको सिद्धार्थ र असिमको झगडामाथि पनि शितलले टिप्पणी गरेकी छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.