सम्बन्ध टुट्यो , भावुक भएर रुनुस् तौल घट्नेछ,पुरा पढनुहोस् ।

अनुसन्धानकर्ताहरु भन्छन्, एक व्यक्तिले आफ्नो जीवनकालमा १६५ ग्यालोन आँसु झार्ने गर्छ ।तर, कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, आफ्नो पीडाहरु बाँड्न पनि चाहदैनन् । कसैलाई सम्झेर रुनुले तपाईको अनावश्यक तौल घट्छ भन्दा पत्यार नलाग्न सक्छ ,तर पछिल्लो अध्ययनको तथ्य यही हो । यदि त्यसो भए अब अहिलेसम्म दबिएको आँसुको ग्यालेन भर्न तयार रहने कि

तपाइलाई कसैले नराम्ररी हृदय दुखाएर गएको हुँदो हो । यो बारे हामी विगत सम्झेर आफूलाई कमजोर बनाउछौँ । तर अब नसम्झनुस् बरु बेस्सरी रुनुस् । किनकी रुँदा तौल घट्ने अध्ययनहरुले प्रमाणित गरेका छन् ।हामी तनावमा हुँदा कार्टिसोल हर्मोनको उत्पादन हुन्छ जुन मोटोपनासँग सम्बन्धित हुन्छ ।तनाव वा निरश अतीतमा रहेर हामी अक्सर मलिन मुहारमा बस्ने गर्छौँ । न त शारीरिक अभ्यास नै गर्छौँ वा अन्य कुनै सृजनशील काम नै । तसर्थ कार्टिसोलको मात्रामा वृद्धि हुन सक्छ । जसले माटोपनालाई बढाउन सहयोग गर्छ ।

वैज्ञानिकले भावुक भएपछि आउने आँसुमा कार्टिसोल बढाउने हार्मोन भएको पत्ता लगाएका छन् । यसलाई प्रोल्याक्टिन, लिउ–इन्केफालिन र एड्रेनोकोर्टिकोट्रोपिन एसिटीएच भनिन्छ । हामी अत्यधिक दबाबमा हुँदा यी हर्मोन निष्कासन हुन्छ ।त्यसकारण जब हामीले आफ्ना भावनालाई नदबाइकनै, मन खोलेर रुन्छौं तब यी हर्मोन बाहिर निस्कन्छन् जसका कारण कार्टिसोलको स्तर घट्ने गर्छ ।कार्टिसोल एक स्ट्रेस हार्मोन हो जसलाई कसरी कम गर्ने तरिका थाहा नहुँदा समस्या निम्तिने हो ।

त्यसकारण तनावमा भएका बेला हामीलाई अत्यधिक भोक लाग्छ जसका कारण तौल बढ्ने गर्छ । स्ट्रेस हर्मोन शरीर भित्र छ कि बाहिर, त्यो कुरा महत्वपूर्ण हुन्छ ।वास्तविक भावनामा बगेर रुँदा मात्र आवश्यक हर्मोनको उत्पादन हुन्छ जसले तपाइको शरीरको बोसो कम गर्न मद्दत गर्छ ।वैज्ञानिकका अनुसार भावनामा बगेर रुने सबैभन्दा राम्रो समय भनेको बेलुका सात देखि १० बजेसम्म हो । यतिबेला मानिसहरु आफूलाई मनपर्ने मानिसको साथमा हुन्छन् ।त्यसकारण यदि तपाईंको सम्बन्ध टुटेको छ र जीवनको निकै कठिन अवस्थामा हुनुहुन्छ भने त्यसलाई बाहिर निस्कन दिनुहोस् । मन खोलेर रुनु दिमागलाई शान्त बनाउने एक माध्यम पनि हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.