किशोर किशोरी किन सेवन गर्छन् नशालु पदार्थ ,यस्ता छन् कारणहरु पुरा पढनुहोस् ।

बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ ।सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थहरु सेवन गर्ने गरेको पाइएको उल्लेख छ ।अक्सफोर्ड विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सात प्रतिशतको दरले किशोर किशोरीहरुमा मानसिक तनाव र आमहत्याको खतरा बढेको तथ्याङ देखाएका छन् ।

अध्ययनका अनुसार मानसिक तनावमा पर्ने किशोरकिशोरीहरुको संख्या अमेरिकामा झण्डै ४ लाख रहेको छ भने बेलायतमा ६० हजार र क्यानडामा २५ हजार रहेको छ ।यस अध्ययन प्रतिवेदन तयार पर्दा अनुसन्धानकर्ताहरुले झण्डै १५ वर्षदेखिको ११ वटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरुको समेत विश्लेषण गरेको जनाएका छन् ।उनीहरुले अध्ययनका क्रममा २३ हजार ३१७ जनालाई सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.