खाना खुवाउने समयमा महेशपुर स्थित प्रहरी हिरासत बाट सात थुनुवा फरार,

सिराह स्थित प्रहरी हिरा सतवाट सात जना थुनुवा फरार भएका छन् । खाना खुवाउने क्रममा सातजना थुनुवा फरार भए पछि घटनाको छानविनका लागि समिति गठन भएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासत कक्षमा रहेका ११ जना थुनुवामध्ये खाना खुवाउने क्रममा सातजना फरार भएका हुन् । उनीहरु शनिवार साँझ भागेका हुन् ।

खाना खुवाउने क्रममा भागेपछि घटनाको छानविनका लागि समिति गठन भएको छ ।फरार हुनेमा लागु औषध मुद्दाका प्रतिवादी १९ वर्षीय नेपाल, मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रंधिर कुमार यादव छन ।
यस्तै फरार हुनेमा २१ वर्षीय गणेश साह,१७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का छन् । एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । वहु–विवाह मुद्दाका प्रतिवादी २१ वर्षीय संजय यादव लाई प्रहरीले निय न्त्रणमा लिएको हो ।

घटनाको अनुसन्धानका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको छ ।
सो समितिले घटनाको छानविन गरेर प्रतिवेदन बुझाउने छ । थुनुवाहरुको बिभिन्न जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी ईकाईहरुबाट प्रहरी परिचालन गरी नाकाबन्दी समेत गरी खोजी कार्य सुरू गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.