१३ औं सागमा मन्डे काजीले दिलाए नेपाललाई पहिलो स्वर्ण पदक ,

१३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ ।कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका हुन् ।यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत करातेको पुरुषतर्फको एकल काँतामा नेपालका मन्डे काजीले स्वर्ण पदक जितेका छन् ।

आइतबारबाट सुरु भएको कराते प्रतियोगितामा उनले पुरुषतर्फ २५।७२ स्कोर गर्दै पदक जित्न सफल भएका हुन् । उनले पाकिस्तानका नियामातुल्लाहलाई फाइनलमा हराएका हुन् । पहिलो चरणमा उनले सर्वाधिक २४ अंक हासिल गर्दै फाइनलमा स्थान बनाएका थिए ।पहिलो चरणमा नै श्रीलंकाका सौनतारारासाले २१।१८, पाकिस्तानका नियामातुल्लाहले २३।६८ र बंगलादेशका मोहम्मद हसनले २२।८ स्कोर गरेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.