बलात्कारको आरोपमा कृष्णदास गिरीलाई अस्पताल परिसरबाटै पक्राउ,

बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले अस्पताल परिसरबाट नियन्त्रणमा लिएको छ ।विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा नै उनलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिए्रको हो बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी भएपछी स्वास्थ्यमा समस्या देखाई अस्पताल भर्ना भएका उनलाई हिजो दिउँसो ह्दयघात भएको भन्दै आइसियूमा सारिएको थियो ।

यद्दपी उनको स्वास्थ्य सामान्य रहेको प्रहरीको भनाई छ । सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछी उनी बिरुद्ध सुनसरी जिल्ला अदालतले पक्राउ जारी गरेको थियो । उनलाई आज नै जिल्ला अदालत लगी म्याद थप गरिने जनाईएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.