तानसेन अर्गलीको स्मार्ट कृषि गाँउ, कागजमा काम देखाएर कृषकले रकम लिए– नगरपालीकालाइ वास्ता छैन

नारायण न्यौपाने-पाल्पा, मंसिर १६-फोस्रान स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत तानसेन १४ अर्गलीमा कागजमा मात्रै काम सम्पन्न भएको देखाएर रकम निकाशा गरिएको छ । कार्यक्रमका लागी ७० घर धुरीलाई बाख्राको खोर निर्माण र बाख्रा किन्नका लागी सत्ताइस लाख सत्तरी हजार रुपियाँ बाडिएको हो । अहिलेसम्म ३५ धरघुरीले मात्रै खोर निर्माण गरेका छन् । एउटा बोकालाई मात्रै २१ हजार रुपैयामा खरिद गरिएको रेकर्ड समितिको कार्यलयमा छ । स्मार्ट कृषि गाँउका लागि तानसेन १४ अर्गलीमा गत आर्थिक बर्षको चैत्र २७ मा सम्झौता भइ असार २५ मा एकमुस्ट ४५ लाख ६६ हजार २ सय अण्ठानब्बे रुपियाँ समितीले प्राप्त गरेको अध्यक्ष पुस्करनाथ पाण्डेले बताए ।

मिस्त्री नपाएर खोर नबनाएको कृषकहरुको भनाई छ । ‘खोर बनाउन धेरैपटक मिस्त्री बोलाइयो कोही आउदैनन्’, फोस्रान स्मार्ट कृषि गाँउ कार्यक्रमकी कृषक सदस्य बिमला पाण्डेले भनिन ,‘कोही पाइएन अनि लिएर आएको रकम सोह्र हजार रुपैया बैङकमा लगेर राखेकी छु ।’ उनिहरुले खरिद गरेका सामग्रीहरुमा बजार मुल्य भन्दा बढि रकम बाटो खर्चका लागि भन्दै बिल बढाउन लगाएको समेत भेटिएको छ । ३ सय केजिको डिजिटल तराजुको बिल ३० हजार बनाएका छन । जसको मुल्य जम्मा १८ हजार हो । कृषक सँग जम्मा २ सय बाख्रा छन तर बिमा भने २ सय ७ वटा बाख्राका लागि २९ हजारमा गरिएको खर्च देखाइएको छ ।

स्मार्ट कृषि गाँउ कार्यक्रमको लागि २० % लगानी र योजनाको अनुगमन स्थानिय तहले गर्ने प्रावधान छ । तर स्थानिय तह तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले २ पटक अनुगमन गरेको बताएपनी फोस्रान स्मार्ट कृषि गाँउ कार्यक्रमका अध्यक्ष पाण्डेले नगरपालीकाले कुनै वास्ता नगरेको बताए । तानसेन १४ अर्गलीका वडा अध्यक्ष कमल रानाले पारदर्शी ढङगले काम नगरेको, झारा टार्ने मात्रै काम गरेको र अनुदानको पैसा खल्तीमा राख्ने तर केहि गरेर देखाम भन्ने नदेखिएकोले समन्वय हुन नसकेको बताए । तर उनले यो बारेमा न कुनै फोरममा बोले न कसैलाइ जानकारी गराए । स्थानिय भानुभतm पाण्डेले बाख्रा पाल्ने नाटक मञ्चन गरिएको बताए । ‘पहिलेनै उनिहरु सँग बाख्रा थिए पैसा लिएर त्यसलाइ नै किनेको देखाइयो’ उनले भने, ‘बाख्रा किनेको भनेर पैसा खाए, त्यो पनि एउटा पाठिलाइ ८ हजार देखाए त्यो कसरी पर्छ ?’ अनुगमन गरेको नगरपालिकाले यदि गरेको नै भए के गरेको हो अध्यक्ष पाण्डेले जवाफ खोजेका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.