ख्याल गर्नुहनुहोस् ,आधा पाकेको सुँगुरको मासु खाएको एक महिनापछि व्यक्तिको शरीरभरी ७ सय फित्ते जुका भेटिए ।

चीनका ४६ वर्षका झु जोन्गफाको शरीरमा ७ सय बढी परजीवी फित्ते जुका टेपवर्म भेटिएका छन् । यी जुका ती व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए । स्थानीय मडियाका अनुसार मजदुरी गर्ने झुलाई अस्पताल पुर्‍याउँदा उनले मुखमा फिँज निकालिरहेका थिए र बेहास थिए ।उपचारको क्रममा उक्त फित्ते जुकाको अण्डा पेटसम्म पुगिसकेको र रगतमार्फत् शरीरभरी फैलिसकेको पत्ता लागेको छ । डाक्टरका अनुसार उक्त फित्ते जुका सुँगुरको मासुमार्फत् उनको शरीरभित्र प्रवेश गरेको र यसले आफ्नो संख्या बढाइरहेको थियो ।

डाक्टरका अनुसार झु टिनिएसिसबाट पीडित थिए । यो भित्ते जुका टिनिया सोलियम संक्रमणबाट हुने रोग हो । भित्ते जुकाको लार्भा राम्रोसँग नपाकेको सुँगुरको मासुमार्फत् शरीरभित्र पुग्छ । यसका साथै यो दुषित खानामार्फत् पनि शरीरभित्र पुग्ने गर्छ ।न्यूजडेस्कका अनुसार झुले एक महिनाअघि सुँगुरको मासु खाएका थिए, त्यो पूर्ण रुपमा पाके नपाकेको राम्रोसँग थाहा नभएको बताएका थिए । उक्त मासु खाएको एक हप्तापछि स्वास्थ्यमा समस्या देखिएपछि उनले डाक्टरलाई सम्पर्क गरेका थिए ।

डा हुआंगका अनुसार एन्टी प्यारासाइटिक औषधी दिएर जुका र लार्भालाई मारिइसकिएको छ तर उपचार भने पूरा भएको छैन ।हामिहरुले यस्ता मासाहारी चिजहरु खादा सुरुमा ति पशुपन्छी हरु खान योेग्य छ छैनन् एकपटक अवश्य जाच गरे्र खानुपर्दछ । मानिसलाई लाग्ने रोगहरु भन्दा जनावरहरुमा लाग्ने रोगहरु निकै धातक हुने् गर्दछन् ।जसले अकालमा मुत्युको मुखमा पुग्न सक्ने
अवस्था सिर्जना भएको हुन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.