नेपालमै बन्छ थोरै लगानिमा यस्तो आकर्षक घर, यो कम्पनी लाई जिम्मा दिनुहोस

कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।

सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ । बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ । हिमालयन ब्याम्बो प्रालि जसले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दावी गरेको छ बाँसबाट निर्माण हुने यो घरमा एउटा एउटा बेडरुम र किचेन गरेर दुई कोठा हुनेछ । ट्वाइलेट घर बाहिर बनाउनु पर्छ । श्रमदान गर्ने हो भने यो घरको मूल्य अझै सस्तो हुन्छ । आफ्नो घर निर्माण गर्दा आफैले श्रम गरे लागत घट्छ । मुलुकभित्रै बाँसका एक हजार घर बनाइसकेको कम्पनीले यस्ता घर ८ रेक्टर स्केलको भूकम्प प्रतिरोधी हुन्छन् ।

भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग घर निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् । कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई हस्तान्तरण गर्ने दावी गरेको छ । १५ दिनमा फाउन्डेसन र १५ दिनमा घरनै निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ । यो घरको मूल्य भने साढे तीन लाख रुपैयाँ पर्छ ।अरु घरजस्तै फाउन्डेस ढुंगा, सिमेन्ट र ईटाबाट तयार गरिन्छ । फाउन्डेसन तयार भएपछि बाँसबाटै विम, चौकस लगायतका सम्पूर्ण सामाग्री तयार हुन्छ । कम्पनीले घरको लागि आवश्यक पर्ने सामग्री हेटौंडामा रहेको आफ्नो उद्योगमा तयार गर्छ । फाउन्डेसन तयार भएपछि उद्योगबाट सामान ल्याएर प्राविधिकले जोड्ने काम गर्छन् । घरको छानामा टिन प्रयोग गरिन्छ भने भित्तामा बाँस प्रयोग हुन्छ । बाँसको भित्तामा सिमेन्टले प्लास्टर गरिन्छ

कम्पनीले बाँसबाट निर्माण भएको घरको आयु ३० वर्षको हुने दावी गरेको छ ।घर बनाउँदा प्रयोग हुने बाँसको आवश्यक ट्रिटमेन्ट गरिन्छ । कम्पनीका अनुसार ट्रिटमेन्ट गरेपछि बाँसमा किरा लाग्ने समस्यानै हुँदैन । यस्तो बाँसमा धुलिया लाग्ने समस्या पनि हुँदैन । बाँस आफै इन्सुलेटेड भएकोले विग्रिने समस्या पनि कम हुन्छ ।साढे तीन लाखमा दुई वटा कोठा, किचेन र ट्वाइलेट हुन्छ । घर ३ सय ६० स्क्वायर फिटको हुन्छ । कम्पनीले घर निर्माण गर्दा चारवटा एलईडी वल्व, ट्वाइलेटको प्यान, किचेनमा सिङ्क समेत दिन्छ । बस्न मिल्ने घर बनाएर ग्राहकलाई दिने दावी कम्पनीले गरेको छ ।

कम्पनीले अहिलेसम्म एक हजार घर बनाइसकेको छ । कम्पनीले व्यक्तिगत, गैरसरकारी संस्था, विद्यालयलगायत लागि यस्ता घर बनाएको हो ।कम्पनीले तीन सय स्क्वायर फिटको मुक्त कमैयाको क्याम्प, विराटनगरमा पाँच सय ८० स्क्वायर फिटको निजी आवास, मेलम्चीमा रिम्स नेपालको एक हजार स्क्वायर फिटको घर र एक हजार स्क्वायर फिटको ट्रेनिङ हल, आठ सय ८० स्क्वायर फिटको भवानी एकीकृत स्कुल, नेपाल उद्योग वाणिज्य महासंघको सुर्खेतमा टे«ड स्कुल, लेखनाथ उद्योग वाणिज्य संघको ट्रेनिङ हललगायत निर्माण गरिसकेको छ ।

युएन हेबिट्याटले अल्पविकसित मुलुकका गरिबहरुलाई बाँसबाट राम्रो घर बनाएको छ । पछिल्लो समयमा पुलदेखि विमानस्थलसम्ममा पनि बाँस प्रयोग भएको छ । सस्तो, टिकाउ र सजिलै बन्ने भएकोले गरिबको लागि मात्रै होइन अहिले अत्याधुनिक घरहरु पनि बाँसबाटै निर्माण भइरहेका छन् ।युरोप, दक्षिण अमेरिका र केही एसियाली मुलुकमा बाँसकै पुल, विमानस्थल र घरहरु समेत निर्माण भएका छन् । यसले विस्तारै आधुनिक निर्माणका सामाग्रीलाई समेत विस्थापित गरिरहेको छ । पछिल्लो समयमा ल्यापटप, मोबाइल फोन र अरु सामग्री समेत बाँसबाट निर्माण भएका छन् ।

पछिल्लो समयमा बाँसका घरले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ सर्टिफिकेट समेत पाइसकेका छन् । बाँसको घर गरिब होइन धनीको पनि भइसकेको र बाँसप्रति आम उपभोक्ता आर्कषित हुन थालेको जोशी बताउँछन् ।भूकम्पपछि बाँस सम्वन्धी काम गरिरहेको संस्था इन्टरनेसनल नेटवर्क फर ब्याम्बोले दश हजार घर बनाउन सकिने बारेमा अध्ययन गर्न एउटा टोली नेपाल पठाउन लागेको छ । यही संस्थाले इक्वेडर, कोलम्बिया, पेरु लगायतका मुलुकमा घर बनाइसकेको छ । यो संस्थाले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार घर निर्माण गरिदिने जानकारी दिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.