बागलुङका यी पौरखी किसान, सुन्ताला बेचेरै कमाउछन तीन लाख

बागलुङ । जैमिनीमा सुन्तला बिक्री गरेर एकजना किसानले ३ लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका २ दमेकको चैरागमा एउटै किसानको घरबाट ३ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात हुने गरेको हो ।गत बर्ष १ लाख ५० हजार आम्दानी गरेका ओम प्रकाशले यसपाली सुन्तला बेचेरै तीन लाख कमाएको बताए । असिना परेर केही क्षती गरेपनि यसबर्ष सुन्तलावाट राम्रो आम्दानी भएको उनको भनाई छ । यहाँ उत्पादित सुन्तलामा बिषादी प्रयोग नगरेको बताउँदै उनले ब्यापारीहरु घरमै आएर किन्ने गरेको बताए ।

साविक दमेक गाविसको २ को यस चैराग भेगमा मात्रै २० भन्दा बढी कृषकले ब्यवसायिक सुन्तला खेती गरेका छन् । यस भेगबाट कम्तिमा पनि ३० लाख भन्दा बढीको सुन्तला निर्यात हुने कृषक सापकोटाले बताए । अहिले जैमिनी नगरपालिकाले दमेकलाई सुन्तला ब्लक घोषणा गरी व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गरेको छ ।

समृद्ध जैमिनी सुखी जैमिनीको नारालाई पुरा गर्न प्रत्येक नगरवासीहरु ब्यवसायिक हुनुपर्ने धारणा राख्दै पौडेलले नगरपालिकाले ब्यवसाय गर्नेहरुलाई संधै साथ दिने आश्वासन दिए ।नगरपालिकाका १० वटै वडालाई पकेट, ब्लक र जोन को रुपमा ब्यवसायिक कृषी तथा पशुतर्फ अग्रसर गराउँदै लैजाने नगरपालिकाको योजना सुनाउँदै जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले कृषकहरुले व्यवसायिक खेती गरे नगरपालिका, कृषी ज्ञान केन्द्र तथा प्रदेशबाट पनि राम्रो सहयोग हुने बताए ।

कृषकहरुले मुख्यतः नगरपालिकामा बाँदरको समस्या भएकाले यसको दिगो समाधानका लागि योजना ल्याउन अनुरोध गरेका छन् । गोठ सुधार योजना ल्याउन सके कृषकहरुले दोहोरो लाभ लिन सक्ने बताउँदै कृषकहरुले कलमी विरुवाको उपलब्धता भए अझै व्यवसायिक रुपमा कृषी गर्न सहज हुने आशा गरेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.