नेपालले ८औँ सागमा जितेकै जति स्वर्ण पदक जित्यो

नेपालले आठौं दक्षिण एसियाली खेलकुद सागमा जितेको स्वर्ण संख्या जारी सागमा बराबरी गरेको छ ।१९८४ देखि सुरु भएको साग गेम्समा नेपालले त्यतिबेला ४ स्वर्ण पदक जितेको थियो । त्यसपछिका संस्करणमा आशातित सफलता हात पार्न नसकेको नेपालले घरेलु मैदानमा सन् १९९९ मा आयोजना गरेको आठौं साग गेम्समा ३१ स्वर्ण पदक जित्दै तालिकामा दोस्रो स्थानमा रहेको थियो ।

जारी सागमा लगातार स्वर्ण पदक जितिरहेको नेपालले आठौं सागमा हात पारेको स्वर्णको संख्या ३१ लाई बराबरी गरेको हो । पहिलो दिन १५ स्वर्ण पदक जितेको नेपालले दोस्रो दिन ८ स्वर्ण जितेको थियो । तेस्रो दिन ६ स्वर्ण जितेको थियो । सागअन्तर्गत आज चौथो दिन उसुमा निमा घर्ती मगरले जित्दै स्वर्ण संख्या ३० बनाएकी थिइन् । यसैगरी साईक्लिङमा लक्ष्मी मगरले स्वर्ण जितेपछि संख्या बराबरी भएको हो ।
जारी सागमा नेपालले कम्तीमा ५० स्वर्ण पदक जित्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दावी गर्दै आएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.