पूर्व राजा ज्ञानेन्द्रको तानसेनमा नागरिकले गरे भव्य स्वागत

पूर्व राजा ज्ञानेन्द्र शाह पाल्पाको तानसेन आएका छन् । श्री ७ रणउजिश्वरी भगवती मन्दिरको पूजासँगै दर्शन गर्नका लागि पूर्व राजा शाह आज तानसेन आएका हुन् । प्रदेश पाँचका जिल्लाहरुमा भ्रमण गर्ने कार्यक्रम अनुरुप उनी तानसेन आएको स्रोतले जनाएको छ ।

उनलाई सयौंको संख्यामा जिल्लाका नागरिकहरुले स्वागत गरेका छन् । नागरिकहरु पूर्व राजा आउने खबर थाहा पाएपछि तानसेनको हुलाक चोकमा स्वतस्फूर्त जम्मा भएका थिए ।

पूर्व राजाको तानसेनमा सवारी भइसकेपछि नागरिकहरुले फूल मालाले स्वागत गरेका थिए । स्वागत पछि पूर्व राजा शाहले हुलाक चोकदेखि नागरिकसँगै पैदाल यात्र गरी दिउँसो ३ बजे श्री ७ रणउजिश्वरी भगवतीमा पुगेका छन् । उनले यतिबेला मन्दिरमा पुजा आज गरिरहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.