स्याङ्जामा लाटोकोसेरो महोत्सव संचालन हुँदै,

स्याङ्जा ,यसै वर्षको माघ महिनामा स्याङजामा लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको छ । हुचिल लाटोकोसेरो प्रजाति मध्ये एक पंक्षी हो । स्याङजाको पुतलीबजार नगरपालिका २ र विरुवा गाउँपालिका ३ को सिमास्थल राङभाङमा माघको २४ र २५ गते लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको हो ।राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथी नामक संस्थाको संयुक्त आयोजनामा उत्सव हुने भएको क्लबका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।

जादुगर चरोको उपनामले समेत परिचित यो पंक्षीले दिनमा आखाँ देख्दैन । रातमा बढी सक्रिय हुन्छ । शिशा काट्ने, करेन्ट हान्ने लगायतका बिचित्रको विशेषता भएको यो दुर्लभ एवं मांसाहारि पंक्षी हो ।६० वर्षसम्म बाच्न सक्ने यो पंक्षीको खुट्टाका नङग्राले शिशा समेत काट्ने विश्वास गरिन्छ । नेपाल, भारतमा पाइने यो चराले आफ्नो मृत्युको पूर्वाभास पाउने वित्तिकै स्वयं आत्महत्या समेत गर्ने हुँदा अति अद्भुत् श्रेणीको प्राणीको रुपमा मानिन्छ ।नेपालमा ८ सय ८७ प्रजातिका चराहरु नेपालमा छन । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने बताए। त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरो चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन्।

स्याङ्जा ,यसै वर्षको माघ महिनामा स्याङजामा लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको छ । हुचिल लाटोकोसेरो प्रजाति मध्ये एक पंक्षी हो । स्याङजाको पुतलीबजार नगरपालिका २ र विरुवा गाउँपालिका ३ को सिमास्थल राङभाङमा माघको २४ र २५ गते लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको हो ।नेपालमा ८ सय ८७ प्रजातिका चराहरु नेपालमा छन । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने बताए। त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरो चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन्। लाटोकोसेरोको एउटा प्रजाति लोप भइसकेको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.