बाग्लुङमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने ‘मोटर साइकल’

चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटर साईकल ईलेक्ट्रिक बाईक बनाउनुभएको छ ।बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भोल्टको मोटर, ४ वटा लिडएसिड ब्याट्रि, एउटा १२ भोल्टको बेट्रि, २० एम्पयरको एउटा ब्याट्रि, १ पिस कन्ट्रोलर, १ एक्सिलेटर र बाईकको पुरानो फ्रेमबाट, ब्याट्रिबाट चल्ने बाईक निमार्ण गर्नुभएको हो ।कक्षा ९ मा अध्ययनरत श्रेष्ठले युटुभको सहायता लिएर उक्त बाईक नि’र्माण गरेको बताउनुभयो ।

गत साउनदेखि सुरु भएको बाईक निर्माण कार्य मंसिरमा सम्पन्न भई विद्यालयमा प्र’दर्शनी गरिएको थियो । यसअघि श्रेष्ठले क्ल्याफ स्विच वल्भ, स्फिकर इन्भटर जस्ता ईलेक्ट्रिक सामान बनाएका थिए ।बाईक निर्माणमा व्यक्तिगत ६० हजार लगानी भएको थियो भने विद्यालयले ब्याट्री सहयोग भएको थियो । फु’र्सदको समयमा नयाँ नयाँ खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा ईलेक्ट्रिक ईन्जिनियर बन्ने ल’क्ष्य लिएको बताउनुभयो ।

श्रेष्ठले निर्माण गरेको इ’लेक्ट्रिक बाइकको विद्यालय प’रिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनी समेत गरिएको थियो । विद्यालयका प्रि’न्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्रा’विधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरेका थिए। ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.