अपाङ्गता भएका व्यक्तिहरुलाई कृषि सम्बन्धी तालिम संचालन

पाल्पा,अपाङ्गता भएका व्यक्तिहरुको समावेशी रोजगारको पहुँचमा अभिवृद्धिका लागि रामपुरमा २ दिने कृषि तथा पशुपालन सम्बन्धी क्षमता अभिवृद्धि तालिम भएको छ । तालिम लक्जम्वर्ग देशको जीवीको पार्जन परियोजना अन्तर्गत परिलक्षित संस्थाको आयोजनामा भएको हो ।
संस्थाले यसअघि अपाङ्गता भएका नागरिकहरुको अवस्था अनुसार ८ जनालाई माउ बाख्रा, २ जनालाई चल्ला र २ जनालाई तरकारीका विउ तथा मल वितरण गरेको थियो ।

उनीहरुलाई थप ज्ञान प्रदान गर्नका लागि तालिम प्रदान गरेको परिलक्षितका कार्यक्रम संयोजक रेनुका कंडेलले बताइन् । कृषि सेवा केन्द्रको हल रामपुरमा भएको तालिममा २१ जना सहभागीहरुलाई रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेले मौसमी तथा बेमौसमी तरकारी खेती, बाली व्यवस्थापनका विषयमा र रामपुर नगरपालिका पशु शाखाका प्रमुख मोहन भट्टराईले पशु आहार, पशु स्वास्थ्य उपचार, भकारो सुधार लगायतका विषयमा जानकारी दिएका थिए ।

यस्तै संस्था मार्फत रामपुर नगरपालिका भित्रका १ जनाले रिपियरिङ्ग, १ जनालाई ब्यूटिसियन र २ जनालाई टेलरि सम्बन्धी तालिम लिईरहेका पिताम्बर भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.