निस्दी अर्चले लेकडाँडाको पहिचान फेरिअम्रिसो डाँडामा परिणत हुँदै

पाल्पा– पाल्पा जिल्लाको निस्दी गाउँपालिका ६ अर्चलेमा रहेको लेकडाँडाको अहिले पहिचान फेरिन थालेको छ । जताततै वानमासा घेरिएको गौचरनका रुपमा रहेको डाँडोको पहिचान अब अम्रिसो, टिमुर र दालचिनीले फेरिएको हो ।कबुलियति वन कार्यक्रमले लेकडाँडामा अम्रिसो, टिमुर, दालचिनी, ओखर, कागती लगायतका आयमूलक गैरकाष्ट वनपैदावारका बोटविरुजाको रोपण गरिएपछि यो डाँडाको नाम अब अम्रिसोडाँडा बन्न थालेको हो ।

लेक डाँडामा पाल्पा क्षेत्र नं। १ का सांसद दलबहादुर राना र डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा कबुलियति वन विकास कार्यक्रमलागु गरिएको छ । यस क्षेत्रमा विभिन्न समूहहरु गठन गरेर त्यसै खेर गएको नाँगो डाँडामा अहिले आय आर्जनका लागि अम्रिसो, दालचिनी, टिमुर, ओखर, कागती जस्ता आयमुलक वनस्पति लगाइएको छ ।

उहाँले स्थानीय जनताको जिविकोपार्जन र आर्थिक विकासमा आफूले गत वर्ष र यस वर्ष गरेर सांसद विकासकोषको १०/१० लाख गरी २० लाख सहयोग गरेको बताउनुभयो । उहाँले हरियाली विकास, वातावरण संरक्षण र पर्यटन विकासमा यसले सहयोग गर्ने बताउनुभयो ।अर्चलेका ४ वटा टोलमध्ये १५ वटा समूह आवद्ध रहेर सामुहिक रुपमा लेकडाँडा कृषि पशु वन व्यवसायीक उत्पादन समिति गठन गरेर लेकडाँडाको विकासमा लागेको अध्यक्ष कृष्ण बहादुर सुनारीले बताउनुभयो ।

लेकडाँडामा टिमुर ६ हजार, अम्रिसो ७५ हजार र ३६ हजार दालचिनी, माथिल्लो बेल्टमा टिमुर, त्यसपछि अम्रिसो र दालचिनी लगाएका छन् । हराभरा बनाउने उद्देश्यले यहाँका जनताहरु उत्साहित भएर लागेको उहाँले बताउनुभयो ।खाली रहेको रुखो वनमासा झाडी क्षेत्रमा कबुलियति वन कार्यक्रम मार्फत स्थानीयलाई आय आर्जनको क्षेत्रमा लगाएको जिल्ला वन अधिकृत मोहन पौडेलले बताउनुभयो । उहाँले ५ वर्षभित्र सबै क्षेत्रमा वृक्षारोपणको काम सक्काएर पर्यटक समेत भित्र्याउने लक्ष्य रहेको उहाँको भनाई छ ।

लेकडाँडालाई पाल्पाको झिरुवासमा रहेको काउलेडाँडाको जस्तै गरी अम्रिसोको पाकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलेले बताउनुभयो । त्यसको लागि गाउँपालिका वडा, प्रदेश र संघ गरी सबैसँग सहकार्यको साथ काम गरिएको बताउनुभयो ।७५ हेक्टर क्षेत्रफलमा अहिले सम्म अम्रिसो, दालचिनी, टिमुर लगायका विरुवा लगाइएको छ, कबुलियति वन कार्यक्रममा प्राविधिक रामप्रकाश चौधरीले भन्नुभयो, यसलाई विस्तार गर्दै १ सय ५० हेक्टर क्षेत्रफलमा लगाउने योजना रहेको छ ।अर्चलेका सातदोबाटो, अदमारा, नरिभञ्ज्याङ्ग र धोवलाका १७ समूहलाई ४० वर्षका लागि आयआर्जन गर्ने गरी सरकारले कबुलियतनामा गरेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.