जाडोमा महिलालाई किन बढी डिप्रेसन हुन्छ ,पुरा पढनुहोस्।

आजका पुस्तामा डिप्रेसन एक ठूलो रोगको रुपमा विकास भएको छ । यस्ता धेरै कम व्यक्ति भेटिन्छन् जो डिप्रेसनको शिकार बनेका हुँदैनन् । डिप्रेसन धेरै किसिमको हुन्छ । तीमध्ये विन्टर ब्लुज जाडोमा हुने डिप्रेसन हो । जाडो मौसम नजिक भएसँगै अझै डिप्रेसनका बिरामी बढ्ने एक अनुसन्धानले पत्ता लगाएको छ।जाडो मौसममा हरेक व्यक्ति चिसो हावा, तातो खाना, सुप वा रोमाञ्चक मौसमको मजा लिने गर्छन् । तर यही रोमाञ्चक मौसम कसैको उदासीनता र दुस्खको कारण बन्न सक्छ। जसलाई चिकित्साशास्त्रमा ुएफेक्टिभ डिसअर्डरु वा ुविन्टर ब्लुजु भनिन्छ।विन्टर ब्लुजका कारण मानिसमा निराशा, एक्लोपन, झर्किने कमजोरी र नकारात्मक सोचको विकास हुने गर्छ ।

मनोविद गोपाल ढकालका अनुसार पुरुषको तुलनामा महिलामा बढी डिप्रेसन देखिनुको धेरै कारण छन् । महिलामा तनावलाई सहने क्षमता कम हुनु, सानो घटनाले छिटो प्रभाव पर्नु, हरमोनको परिवर्तन भइ रहनु, लैंगिक हिंसा, घरेलु हिंसा र बच्चा जन्मेपछि महिलालाई मात्र हुने पोष्ट नेटल डिप्रेसनका कारणले गर्दा यस्तो हुने गर्छ । शरीरमा पाइने सेरोटोनिन हार्मोन घामको प्रकाशबाट मात्र पाउन सकिन्छ । घामको आवश्यक किरण शरीरले नपाएमा न्युरो सेरोटोनिनको प्रयोग कम हुने गर्छ । जुन न्युरो केमिकल सेरोटोनिनको कम प्रयोगले विन्टर ब्लुज हुने गर्छ ।कुनै पनि उमेरका व्यक्तिलाई यो रोग लाग्न सक्छ । पहिले नै कुनै प्रकारको डिप्रेसनबाट ग्रसित भएका लागि भने विन्टर ब्लुजले निकै सताउँछ । यसले मानसिक सन्तुलन खलबल गरी काममा अवरोध निम्त्याउने गर्छ । मानिस जति नै बलियो भएता पनि डिप्रेसनको शिकार बन्न सक्छ । विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा ३ सय मिलियनको संख्यामा मानिस डिप्रेसनको शिकार बन्न पुग्छन् ।विन्टर ब्लुजका बिरामीका लागि सानो समस्याले पनि ठूलो रुप लिने गर्छ ।

विन्टर ब्लुजबाट बच्नका लागि व्यायाम वा योगा एकदमै उपयोगी छ । योगाले श्वासप्रश्वासमा सहयोग गराई बिरामीको दिमागलाई ताजा बनाउँछ। बिहान १ घण्टाको समय आफूलाई छुट्याउने हो भने पुरा दिन मन शान्त र शीतल महसुस गर्न सकिन्छ । चिसो मौसममा विन्टर ब्लुज हुनु धेरै सामान्य विषय हो । गर्मी मौसमको तुलनामा जाडोमा हामी अल्छि महसुस गर्छौं। तर भिटामिन सी को प्रयोग सही रुपमा गर्ने हो भने यसले दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ । कागती, सुन्तला, किवी, ब्रो काउलीजस्ता भिटामिन सी ले भरिपूर्ण फलको प्रयोग गर्नुपर्छ । घामको किरणबाट धेरै समयसम्म टाढा बस्दा पनि विन्टर ब्लुजको शिकार बन्न सक्छ । भिटामिन डी ले शरीरको हड्डी बलियो बनाउने काम गर्छ । दिनभरी एकै ठाउँमा, घामबाट टाढा बसेर काम गर्ने व्यक्तिमा यो रोग धेरै लाग्ने गरेको एक अनुसन्धानमा पत्ता लागेको छ ।हलुका खाना सेवन गर्नाले पनि यो रोग बाट छुटकारा पाउन सकिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.