कञ्चनपुरमा हात्तीको आक्रमणबाट स्थानिय दुई महिलाको मृत्यु, चार जना घाइते

कन्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।मृत्युहुनेमा महाकाली नगरपालिका वडा नम्बर २ की ३८ बर्षिया बसन्ती भट्ट र ४५ बर्षिया भुरिदेबी बोहरा रहेकी छिन् ।यस्तै घाइते हुनेहरुमा सोही स्थानकी सरिता ओझा, उमादेबी साउद, ललिता बोहरा र सुनिता बिस्ट छन् । घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

महाकाली २ स्थित मायावती सामुदायिक बिहान वनमा घाँस काट्न जाँदा उनीहरुमाथि जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।मृतक दुबै महिलाको महाकाली अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र वहादुर चन्दले जानकारी दिए ।तीन वटा समुहमा आएका हात्तीले उनीहरुमाथि एक्कासी आक्रमण गरेको बताइएको छ । महिलाहरुमाथि हात्तीले आक्रमण गरेपछि स्थानीय भेला भएर हात्तीलाई जंगलतर्फ भगाएका थिए ।घाइतेहरुको पनि महाकाली अंचल अस्पतालमै उपचार भैरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.