मिस वर्ल्ड प्रतियोगितामा हेड टु हेड च्यालेन्जबाट अनुष्का पुगिन् उत्कृष्ट ४० मा

मिस मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै लण्डन पुगेकी अनुष्का श्रेष्ठ उत्कृष्ट ४० मा पुगेकी छिन् ।हेड टु हेड च्यालेञ्ज जितेर उनी उत्कृष्ट ४० मा पुगेकी हुन् । १२४ दृेशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ ।दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पारेकी थिइन् ।

मल्टिमिडिया अवार्डमा अनुष्का उत्कृष्ट ३ मा छिन् । यो अवार्ड भोटिङका आधारमा प्रदान गर्ने गरिन्छ ।अनुष्काले व्युटी विथ प्रपोजमा पनि आफूलाई उत्कृष्ट १० मा पुर्‍याएकी छिन् । उनले मिस नेपालमा नेपालको नाम राख्ने र पर्यटन भित्र्याउन भूमिका खेल्ने बताएकी छिन् । उनले लगाएको डेस्रको अहिले विश्व भरमा चर्चा कमाएको छ । उनले प्रस्तुत गरेको मिथिला चित्रकालात्मक डिजाइन गरीएको डेस्र विश्वको उत्कृत डिजाइन भनिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.