नेपाली चेली अमेरिकाको प्रतिष्ठित अवार्डद्वारा सम्मानित

नेपाली चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित राइस अवार्डबाट सम्मानित भएकी छिन् ।वाशिंगटन डिसी स्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा नेपाली चेली कन्चनलाई उक्त सम्मान प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय विकासमा नेतृत्व एवं नवीन पद्धतिको भूमिका निर्वाहका लागि उनलाई सो अवार्डसहित सम्मान गरिएको जनाइएको छ ।

विश्वका हजार भन्दा बढी उच्चस्तरीय व्यावसायीहरुको भेलामा अमात्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । अवार्डका लागि ब्राजिल, कम्बोडिया, क्यानडा, एल साल्भाडोर, भारत, नाइजेरिया लगायत २२ राष्ट्रका प्रतिनिधिहरु सहभागी थिए ।उनी अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले प्रदान गर्दै आएको ‘प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड–२०१७’ द्वारा समेत सम्मानित भएकी थिइन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.