दोलखामा जेसिबी दुर्घटना, एकको मृत्यु तीन घाइते

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलमा बुधवार राती जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।दुर्घटनामा बिगु गाउँपालिका ४ खोपचाँकुका राजु थामीको उपचारको क्रममा मृत्यु भएको छ ।भिमेश्वर नगरपालिका २ का सुमन थामी, बिगु गाउँपालिका वडा नम्बर ७ का बिजय श्रेष्ठ र कालिन्चोक गाउँपालिका वडा नम्बर ४ चिउरीखर्कका राजकुमार थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरिक्षक यज्ञानन्द साहले जानकारी दिनुभयो ।

घाइतेहरु सुमन थामी र राजकुमार थामिको टिचिङ हस्पिटल काठमाडौमा र अर्का घाइते बिजय श्रेष्ठको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।मृत्युु भएका राजु थामीको शव प्राथमिक स्वास्थ केन्द्र चरिकोट राखिएको प्रहरीले जनाएको छ । नगरपालिकाको गौतम टोलबाट भिमेश्वर मन्दिर तिर जाँदै गरेको जेसिबी अनियंत्रित भइ दुर्घटना भएको थियो। यो पनि पढनुहोस ् । महाकाली नगरपालिकामा हात्ती आक्रमणबाट दुईजना महिलाको मृत्यु भएको घटना सेलाउन नपाउँदै बुधबार राती कञ्चनपुरको बेदकोट नगरपालिका २ मुक्त कमैया शिविरमा हात्तीको आक्रमणबाट एकजना वृद्ध घाइते भएका छन्।

राती १ बजेतिर आएको हात्तीको आक्रमणबाट सीताराम डगौरा घाइते भएका हुन्। उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश सिंहले बताए । घाइते डगौराको घरमा समेत क्षति पुगेको उनको भनाइ छ ।पछिल्लो केही महिनायता कञ्चनपुरमा हात्ती आतंक बढेको छ । केही महिनाअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ मा पनि हात्तीको आक्रमणबाट एक वृद्धले ज्यान गुमाएका थिए । हात्तीको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिकाकी एक महिला पनि घाइते भएकी थिइन्।

त्यस्तै , सर्लाहीमा सशस्त्र प्रहरी बलले बरामद गरेको विभिन्न प्रजातिका २०० ओटा चरा बुधबार दिउँसो राष्ट्रिय वन क्षेत्रमा छाडिएको छ ।सदरमुकाम मलंगवास्थित सीमा क्षेत्रबाट तस्करले सुगा र भँगेरा जातका चरा भारततर्फ लैजानेक्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो बरामद गरिएका चरालाई लालबन्दीस्थित राष्ट्रिय वन क्षेत्रमा ल्याएर छाडिएको जिल्ला वन कार्यालय सर्लाहीले जनाएको छ ।भारतबाट चरा लिएर आउँदै गर्दा एउटा भारतीय मोटरसाइकलसमेत बरामद गरिएको छ ।चरा लिएर आउने तस्कर भने फरार छन् ।सरकारले विभिन्न प्रजातिका चराचुरुङ्गी बेचविखनमा प्रतिबन्ध लगाएको छ । तर, जिल्लाको वन क्षेत्र तथा भारतबाटसमेत ल्याएर लुकिछिपी चराचुरुङ्गीको व्यापार भइरहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.