बदाम खाँदा चाउरी पर्ने समस्याबाट यसरी बच्न सकिन्छ,पुरा पढनुहोस्

नेपाली समाजमा अलमण्डुलाई मधेसी बदामको नामले चिनिन्छ । यो मध्यम रुखमा फल्ने फल हो । मधेसी बदामलाई चिनियँ बदाम पनि भनिन्छ । मधेसी बदाममा फाइबरको मात्रा बढी हुनुका साथै भिटामिन ई, म्याग्नेसियम, सिलिनियम, क्याल्सियमजस्ता मिनरल भरपुर मात्रामा पाइन्छन्।मधेसी बदाममा पिसाब खुलाउने, पेट सफा गर्ने, शरीरलाई पोषण दिने, दुखाई कम गर्ने, नशालाई सक्रिय राख्ने र शरीरको भित्री भाग सुन्निएको वा चिलाएर दुखेको निको पार्ने क्षमता हुन्छ । दिनहुँ यसको प्रयोगले आँखाको समस्या निको पार्न मद्धत गर्छ । यसमा भिटामिन ई को मात्रा धेरै हुन्छ । मानिसको शरीरले सबै भिटामिन आफै उत्पादन गर्न सक्दैन् ।

जन्मिने शीशुमा देखिने धेरै किसिमका रोग विरुद्ध लड्ने क्षमता प्रदान गर्छ । बदाममा पाइने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा र जन्म भएपछि पनि रोगबाट बचाउँछ । साथै छालासम्बन्ध‍ी रोगजस्तै अनुहारमा चाउरी पर्ने, जिउ चिलाउने जस्ता रोगहरु कम गर्न मद्धत गर्दछ । यसको दैनिक प्रयोगले अनुहार चम्किलो, नरम बनाउँछ। बदामको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको खतराबाट समेत बचाउने अनुसन्धानमा खुलेको छ । यसमा पाइने फाइटेस्टोरेल नाम गरेको तत्वले ट्युमर नियन्त्रण गर्ने काम गर्दछ । हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस, म्याग्नेशियम, भिटामिन इ, एन्टीशक्सिडेन्ट तथा फाइटोस्टेरोल जस्ता पोषक तत्वको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गरेर ट्युमर र क्यान्सरलाई नियन्त्रण गर्छ ।

बदाममा पाइने पोषणयुक्त फाइबरले पाचन प्रक्रियालाई सक्रिय बनाएर छालामा हुने अत्यधिक तेललाई निकाली छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन । शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउन मद्दत गर्छ ।धेरै जसोले आफ्नो दिमाग तेज बनाउनका निम्ति बदामको सेवन गरेको पाइन्छ । तर, कुनै कुनै अवस्थामा भने बदाम स्वास्थ्यकर हुदा हुदै पनि हाम्रो शरीरमा बिषको काम गरिरहेको हुन्छ । हाम्रो शरीरमा विभिन्न रोग लागेको बेलामा हामीले बदामको सेवन गर्नु उचित हुदैन ।

र, यसबारे धेरै जसोलाई थाहा नहुने हुदा हामीले अन्जनमा आफुलाई हानी पुर्याईरहेका हुन्छौं ।यसमा फाइबरको मात्रा धेर हुने भएको कारणले एसिडिटी, अपच तथा ग्यास्ट्रिक भएको बेलामा सेवन गर्नु उचित हुदैन । यसले अझ गम्भीर समस्या उत्पन्न गराउन सक्छ । मोटोपनाको समस्याले चिन्तित हुनु हुन्छ भने बदामको सेवन गर्नु हुदैन । यसमा क्यालरी र फ्याटको मात्रा निकै धेरै हुने भएको कारणले यसले अझ तौल बढाउने गर्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.