एउटा सफल धनी व्यक्ति कसरी बन्ने पुरा पढनुहोस्

धनी कसरी बन्ने यो प्रश्न जो कोही मान्छेको मन मस्तिकमा आउने कुरा हो । किनकी अहिलेको यो् एकाइसौ शताब्दीमा आईपुग्दा पैसा बिना कुनै कुरा सम्भब नै छैन । पैसा भए तपाईले हरेक सुख प्राप्त गर्न सक्नुहुन्छ ।चाहेर मात्र कोही पनि धनी बन्न सक्दैन । धनी बन्नका लागि केही शर्तहरु पालन गर्नुपर्छ, जीवनलाई सही बाटोमा डोर्‍याउनुपर्छ अनि केही त्यस्ता गुप्त रहस्यहरु छन् जसलाई जीवनमा लागू गर्नुपर्छ । यी गुप्त रहस्यलाई अपनाएर चमत्कारी परिणाम प्राप्त हुनसक्छ जुन वैज्ञानिक एवं ज्योतिषीय दृष्टिले महत्वपूर्ण मानिएका छन् ।
धन, जो हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । हुन त हामीले विद्यालय स्तरमै ‘धन ठूलो कि, विद्या’ भन्दै वादविवाद गर्‍यौं । हामीलाई के सिकाइयो भने, धन भन्दा विद्या ठूलो हो ।यद्यपी विद्याले हामीलाई बौद्धिक रुपमा सम्पन्न तुल्याउँछ ।धनको उपयोगिता बुझेर सही मार्गबाट आर्जन गर्नका लागि प्रयास गर्नुपर्छ । अन्याथा, गलत बाटोबाट आर्जन गरेको धनले हामी आफैलाई नष्ट गर्छ ।

साँच्चै नै धनी बन्ने चाहना छ भने आफू धनी भएको कुरामा विश्वास गर्न थाल्नुपर्छ । धनीहरुको जस्तो सोच हुन्छ आफूले पनि त्यस्तै सोच अँगाल्नुपर्छ, धनीहरु जस्तो व्यवहार गर्छन् त्यस्तै व्यवहार गर्न सुरु गर्नुपर्छ । रहनसहन एवं जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । विश्वासमा ठूलो शक्ति हुन्छ । जस्तो विश्वास राखियो आफू त्यस्तै भइन्छ ।विश्वासको शक्तिमाथि विश्वास गरेर सोचाइमा परिवर्तन ल्याइयो भने धनी हुन कुनै मुस्किल छैन । तर विश्वासमा कुनै प्रकारको द्विविधा वा शंका हुनुहुँदैन । यसको विपरीत जो मानिस आफूलाई दरिद्र वा धनहीन ठान्छ ऊ सदैव दरिद्र ने रहन्छ । ऊ कहिल्यै पनि धनी हुन सक्दैन । यसकारण विश्वास अँगालेर जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

हरेक मानिस ईश्वरकहाँ माग्न जाने गर्छन् तर धन्यवाद कतिले दिन्छन् रु नगण्य मानिस मात्र त्यस्ता छन् जसले आफूले पाएको वा आफूसँग भएको कुनै पनि कुराका लागि ईश्वरलाई मनैदेखि धन्यवाद दिन्छन् । मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गुरु मान्छन् । पैसाको पछाडि दौडिदैमा कोही सफल व्यवसायी बन्न सक्दैन भन्ने मान्यता धिरुभाई राख्थे । मुकेश यसैमा विश्वास गर्छन् ।ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन् त्यसलाई पूरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन्

दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकै कारण सफलताको भोक आफैँमा हुनुपर्ने मुकेशको ठम्याई छ । मुकेश टिमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदी तपाईको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनु पर्छ ।प्रत्येक व्यक्तिलाई पैसा कमाउने एक न एक मौका आउने कुरामा अर्बपति स्टीभ सीबोल्ड विश्वास गर्छन् । मानिसका कतिपय बानी तथा आदतले उसलाई धनी बन्नबाट रोक्ने उनको तर्क छ । यदि यी सात बानी सुधार्न मानिसले सकेन भने उ कहिल्यै पनि धनी बन्न सक्नेछैन ।

धेरै मानिस आफ्नो भित्री इच्छा नै पत्ता लगाउन सक्दैनन् । आफ्नो भित्री चाहना पत्ता लगाए पनि सोही विषय सँग सम्बन्धित काम गर्दैनन् । अरुकै इच्छा जिउने मानिस धनी बन्न सक्दैन । तसर्थ आफ्नो इच्छा जुन क्षेत्रमा छ त्यही क्षेत्रमा काम गर्ने मानिस मात्र वास्तवमा धनी बन्न सक्छ । जो कोही पनि मानिसलाई कुनै न कुनै किसिमको समस्या परिरहेको हुन्छ । तर समस्या तथा चुनौतीबाट भाग्ने मासिन वास्तवामा धनी बन्न सक्दैन । हर चुनौतीलाई सकेसम्म सामाधान गर्न गर्दै जाने मानिस नै भविष्यको धनी मानिस हो ।मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.