के तपाई धेरै पिर लिने गर्नुहुन्छ , आज बाट पिर लिन छोडदिनुहोस

दिमागी रुपमा स्वस्थ मानिसहरुमा स्वस्थ बानी व्यहोरा हुन्छ। उनीहरु आफ्नो संवेदना, भावना, सोच र बानीलाई व्यवस्थापन गर्न सक्छन् र जीवनलाई सफल बनाउँछन्। दिमागी रुपमा स्वस्थ व्यक्ति एक ठाउँमा बसेर परिस्थितिले आफूलाई यस्तै पार्‍यो भन्दै दुखी भएर बस्दैनन्। यस्ता व्यक्तिहरु अरुको नियन्त्रणमा पर्दैनन् र आफ्नो शक्ति अरुलाई दिन चाहँदैनन्। किनभने उनीहरु बुझ्छन् उनीहरु आफ्नै भावनाले नियन्त्रित छन्। कुनै मुद्दामा कसरी उत्तर फर्काउने भन्ने विषयमा उनीहरु छनौट गर्न सक्छन्।

दिमागी रुपमा स्वस्थ व्यक्ति परिवर्तनलाई नकार्दैनन्। त्यसको सट्टा उनीहरु सकारात्मक परिवर्तनको स्वागत गर्छन् र आफू त्यसमा मिल्न लचिलो बन्छन्। उनीहरु परिवर्तन अपरिहार्य भएको र त्यसलाई स्वीकार्न सक्ने आफ्नो क्षमतामा विश्वास गर्छन्।दिमागी रुपमा स्वस्थ्य मानिसले सामान हराएको अथवा ट्राफिक जाममा समय खेर गएको भनेर गुनासो गर्दैनन्।यस्ता व्यक्तिहरु हरेक समय सबैलाई रिजाउन आवश्यक नभएको ठान्दछन्। उनीहरु आवश्यक परेको बेलामा बोल्न डराउँदैनन्, उनीहरु मायालु र निष्पक्ष हुन खोज्छन्। उनीहरु अरु मानिसलाई खुसी बनाउँन सक्दैनन् भने दुखी पनि बनाउँदैनन्।

उनीहरु बेकारको अथवा मूर्खता भएको जोखिम लिँदैनन्, तर केहि जोखिमहरु लिन्छन्। योजना गरिएका काममा, अनुसन्धान गरिका प्रोजेक्टमा आइपर्ने जोखिमहरु बहन गर्न सधैँ तयार हुन्छन्। जे भएपनि उनीहरु आफ्नो नराम्रो अनुभवलाई बिर्सन्छन् र आगामि दिनको सुन्दर सपना देख्छन्। उनीहरु वर्तमानमा जिउँछन् र भविष्यको योजना बनाउछन्।उनीहरु आफ्नो व्यवहारप्रति जिम्मेवार हुन्छन्। आफ्नो पछिल्लो गल्तिबाट सिक्छन्। नतिजाको लागि हतार गर्दैनन्। उनीहरु चिन्छन् की सफलता कडा परिश्रमको उपज हो, उनीहरु यसतर्फ सधैँ अग्रसर हुन्छन् र आफ्नो सफताको अवसर आफैँ सिर्जना गर्छन्।

उनीहरु आफ्नो असफलतालाई आत्मसर्पणको कारण मान्दैनन्। उनीहरु असफलतालाई अगाडि बढ्ने र सधार्ने अवसरको रुपमा लिन्छन्। उनीहरु आफूले चाहेको कुरा प्राप्त नहुने बेलासम्म प्रयासरत रहने इच्छाशक्ति राख्छन्।यस्ता मानिसहरु एक्लै हुँदा अथवा शान्त भएको बेलामा डराउँदैनन्। उनीहरु यो अवस्था आउँनै नदिन चनाखोँ हुन्छन्, मानसिक रुपमा स्वस्थ्य मानिसहरु जीवनमा भएको केहि वस्तुप्रति हक जताउँदैनन्। उनीहरु यो सोचका साथ जन्मिएका नै हुँदैनन् की कोहि उनको हेरचार गरुन् र त्यसको बदलामा उनीहरुले केहि गर्नुपर्छ।अध्ययनले देखाएअनुसार मानिस २५ देखि ३० वर्षको उमेरमा ढल्किदैँ जाँदा, मस्तिष्कको विकास रोकिँदै जान्छ भने कति कार्य क्षमता गुमाउँदै जान्छ ।

अध्ययनमा ध्यान नगर्ने मानिसको भन्दा ध्यान गर्ने मानिसहरुको मस्तिष्कको वजन धेरै रहेको पत्ता लगाएका थिए ।
ध्यान गर्दा मस्तिष्कमा आठ हप्तामा नै परिवर्तन देखिन थाल्ने उनीहरुको अध्ययनले देखाएको थियो । ध्यान नगर्ने मानिसहरुले ध्यान गर्न सुरु गरेको आठ हप्तामा उनीहरुको मस्तिष्कको चार भागहरु बाक्लिँदै गएको स्क्यान गरिएको तस्बिरहरुमा देखिएको थियो । यसकारण मस्तिष्कलाई स्वस्थ राख्न ध्यान अति आवश्यक छ भनेर पुष्टि भइसकेको छ । ध्यान सुरु गर्नका लागि तपार्इँले यी तीन कदम चाल्न सक्नुहुनेछ ।इमानदारीको विकास मानिसलाई कसरी इमानदार बनाउन सकिन्छ भन्ने विषयमा पनि यस अभियानले जोड दिन्छ । अनुशासन, नैतिक मूल्य मान्यता, मानसिक शारीरिक फिटनेस, प्रतिबद्धता र ध्यानको माध्यमले युवा शक्तिलाई इमानदार बनाउँदै ड्रग्स, अल्कोहल तथा अनैतिक क्रियाकलाप न्यूनीकरण गर्ने र शान्त समाज निर्माण गर्ने यसको लक्ष्य हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.