एप्पलले बिनापोर्टको नयाँ आइफोन २०२१ मा ‘लन्च’ गर्न

एप्पलले २०२१ मा ‘लन्च’ गर्न लागेको नयाँ आइफोन पोर्ट बिनाको हुनेछ। टेक एनालिस्ट मिंग ची क्योले हालै ‘लन्च’ गरेको एक रिर्पोटमा २०२१ मा अमेरिकी कम्पनीले वायरलेस आइफोन लन्च गर्ने तयारीमा रहेको बताएका छन्।अन्य मोबाइलको जस्तै अहिले आइफोन चार्ज गर्नका लागि आइफोनमा पनि यूएसबी पोर्टको प्रयोग गरिन्छ।

तर अब भने कम्पनीले युएसबी र्पोट हटाएर बिना र्पोटको आइफोन बजारमा ल्याउने तयारी गर्दैछ। पुरानो मोडलको तुलनामा यो बढी आकर्षक हुनेछ र लाइटिंग पोर्ट राखिने छैन। बजारमा आउने नँया आइफोन ६/७ इन्च, ६/१ इन्च र अर्को सुरुवातीमा ५/४ इन्च को हुने अनुमान गरिएको छ। सबैमा ६ गिगा हर्ज र ५ जी एमएम वेभ सर्पोट जडान गरिएको हुनेछ। क्यो का अनुसार २०२० मा नयाँ आइफोन एस ई लाई पहिलो चरणमा नै एपल आइफोन एस ई २ बनाएर लन्च गरिनेछ।

सो आइफोन ४/७ इन्चको डिस्प्लेसहित विभिन्न ८ किसिमका साइज र डिजाइनमा बजार भित्रिने छन्। फोनमा अपडेटेड सिंगल क्यामरासहित अन्य थुप्रै व्यवस्था रहने क्यो ले बताएका छन्।जे पी मोर्गनको रिर्पोट अनुसार २०२१ सम्म आइफोन लन्च हुने तरिकामा विभिन्न परिवर्तन आउनेछ। कम्पनीले वर्षमा एक पटक मात्र आइफोन बजारमा ल्याउने गरेको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.