सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो, परिचय खुल्न बाँकी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।दोलखाको कालिञ्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा ८ जना महिला, ३ जना पुरुष, २ बालक र एक बालिकाको ज्यान गए पनि उनीहरुको परिचय भने खुलिनसकेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एसपी प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।

१२ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको हो । घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ भने बाँकीको खाँडीचौरमा उपचार भइरहेको छ ।

खाँडीचौरमा उपचार भएकालाई पनि काठमाण्डौ ल्याउने तयारी भइरहेको एसपी महर्जनले बताउनुभयो । अहिले पनि उद्धारको काम भइरहेको छ ।गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.